बागलुङ । बागलुङको सृष्टी फर्निचर उद्योगले सरकारलाई रु एक लाख सहयोग हस्तान्तरण गरेको छ ।जेनजी युवाहरुको आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सरकारी भौतिक संरचना पुनर्निर्माण गर्न कोषमा फर्निचर उद्योगले रु। एक लाख एक हजार १११को चेक हस्तान्तरण गरिएको छ ।
फर्निचर उद्योगका सन्चालक ऋषिराम गौतम, सरिता गौतमले आफ्नो व्यवसायको १५औँ वार्षिकोत्सवको अवसरमा बागलुङ नगरपालिका-४ उपल्लाचौरस्थित सोरुम उद्घाटनको अवसरमा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई चेक प्रदान गर्नुभएको थियो ।
सहयोग रकमको चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुङले उद्योगी व्यवसायीले मेहनतले कमाएको रकमबाट भौतिक संरचनाको पुनर्निर्माणमा सहयोग गर्नु भएकोमा धन्यवाद दिनु हुँदै सरकारको पुननिर्माण गर्ने खातामा उक्त रकम जम्मा गर्ने बताउनुभएको छ ।
सोरुमको उद्घाटन जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा र बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन फर्निचर उद्योगका सञ्चालकहरु ऋषिराम गौतम र सरिता गौतमले गर्नु भएको थियो ।
















































































































































































































