बागलुङ ।अन्तर्राष्ट्रिय बागलुङ समाजले बागलुङका १० पालिका बीच भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाज बागलुङले सर्वाधिक पुरस्कार राशीको पालिकास्तरीय पुरुष भलिबल प्रतियोगता गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरेर समाजका सचिव तथा खेल उपसमितिका संयोजक राजु थापाले आगमी असोज २९ देखि कात्तिक १ गते सम्म प्रतियोगिता आयोजना गर्ने बताउनुभयो । जिल्ला भलिबल संघको व्यवस्थापन, बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिको समन्वयमा असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
बागलुङका १० पालिकाबीच लिग कम, नकआउट भलिबल प्रतियोगिता गर्न लागिएको हो । खेलमा प्रथम हुनेले २ लाख नगद पुरस्कारसहित ट्रफी पदक र प्रमाणपत्र पाउनेछन् भने द्वितीयलाई १ लाख र तृतीयलाई ५० हजार रुपियाँ नगद पुरस्कार दिइने थापाले जानकारी दिनुभयो ।
खेलमा सहभागिता जनाउने सबै टिमलाई २५ हजारका दरले भत्ता उपलब्ध गराउने थापाले जानकारी दिनुभयो । समाजले हरेक २ वर्षमा प्रतियोगिता गर्ने योजना बनाएको बताउनुभयो । समाजले बागलुङमा थुप्रै सामाजिक क्षेत्रमा सक्रियता जनाउदै आएको छ । खेलमा उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत उत्कृष्ट ५ हजार र उत्कृष्ट कोचलाई पाँच हजार पुरस्कार दिइने छ ।
पत्रकार सम्मेलनमा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले नगरपालिकामा जिल्लाका सबै पालिकाका खेलाडीआएर खेल्ने वातावरण समाजले मिलाएको बताउनुभयो । उहाँले बगालुङ खेलको उर्भर भूमी रहेको बताउनुभयो । प्रतियोगिता हाल सञ्चालनमा आएको बागलुङ बसपार्कमा हुनेछ ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा र नेपाल पत्रकार महासङ्घका अध्यक्ष राम थापाले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम अन्तर्राष्ट्रिय बागलुङ समाजका सचिव तथा खेलकुद समितिका संयोजक राजु थापाको अध्यक्षता, जिल्ला खेलकुद विकास समितिका सचिव किशोर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
उहाँले बागलुङ खेलको उर्भर भूमी रहेको बताउनुभयो । प्रतियोगिता हाल सञ्चालनमा आएको बागलुङ बसपार्कमा हुनेछ । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा र नेपाल पत्रकार महासङ्घका अध्यक्ष राम थापाले आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रमअन्तर्राष्ट्रिय बागलुङ समाजका सचिव तथा खेलकुद समितिका संयोजक राजु थापाको अध्यक्षता, जिल्ला खेलकुद विकास समितिका सचिव किशोर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































