बागलुङ। प्रभु बैंकले १० संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक सेयर बिक्री खुलाएको छ।
बैंकले यसअघि संस्थापक सेयरधनीका नाममा बिक्रीमा राखे पनि नबिकेपछि सर्वसाधारणले किन्न सक्ने गरी बिक्री खुलाएको हो।
सेयर किन्न चाहनेले व्यक्ति वा संघसंस्थाले आवश्यक कागजातसहित १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने बैंकको सूचनामा उल्लेख छ।













































































































































































































