२० जेष्ठ २०८३, बुधबार

 

मुक्तिनाथ विकास बैंकको लाभांस पारित

बागलुङ। मुक्तिनाथ विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पोखरामा सम्पन्न साधारणसभाले सेयरधनीका लागि गत आर्थिक वर्ष २०८१/८२ का निम्ति प्रस्तावित १८।२ प्रतिशत लाभांश पारित गरेको छ।

साधारणसभाले १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४.६७ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो। साधारणसभाले बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन पनि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गरेको बैंकले जनाएको छ। बैंकको जारी तथा चुक्ता पुँजी ९ अर्ब ३ लाख ८८ हजार ७६७.११ पुर्याउने विशेष प्रस्ताव साधारणसभाले पारित गरेको छ।

यस्तै, साधारणसभाले बैंकको गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन र सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung