४ श्रावण २०८३, सोमबार

 

धौलागिरि प्रादेशिक अस्पतालद्वारा छाला रोग विशेषज्ञ डा. प्रभात सिंह राजपुतको विदाई

बागलुङ । धौलागिरि प्रादेशिक अस्पतालले छाला रोग विशेषज्ञ डा. प्रभात सिंह राजपुतको विदाई गरेको छ ।

राजपुत आँपपिपल अस्पताल गोरखामा सेवा प्रारम्भ गर्न जान लागेकोले बुधबार धौलागिरि प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले राजपुतको थप प्रगतिको कामना सहित विदाई गर्नु भएको हो ।

राजपुतले धौलागिरि अस्पतालमा बस्दा गर्नु भएको राम्रो सेवाबाट अरु चिकित्सक र स्वास्थ्यकर्मीलाई सकरात्मक प्रभाव परेको धौलागिरि प्रादेशिक अस्पतालका प्रशासन प्रमुख विपिन पुनले बताउनु भयो ।

राजपुतले २०८० जेठ ११ गतेदेखि २०८२ मंसिर १० गतेसम्म दिएको गुणस्तरीय सेवाले छाला रोगका विरामीहरु लाभान्वित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung