२० भाद्र २०८३, शनिबार

 

गर्ग गोत्री आचार्य समाज बागलुङको अध्यक्षमा सुभाष आचार्य, सचिवमा नारायण प्रसाद आचार्य

बागलुङ । गर्ग गोत्री आचार्य समाज बागलुङको जिल्ला बन्धु भेला एवं वंशावली संकलन अभियान सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भेलाले सुभाष आचार्यको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मी शर्मा आचार्य, सचिवमा नारायण प्रसाद आचार्य, कोषाध्यक्षमा रामप्रसाद आचार्य, सहसचिवमा दिपक आचार्य र सहकोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य चयन भएका छन् ।

साथै सदस्यहरुमा राजेन्द्र प्रसाद आचार्य, पशुपतिनाथ आचार्य, शालिक राम आचार्य, चित्रबहादुर केसी आचार्य, कृष्ण आचार्य, जयराम आचार्य, फडिन्द्र आचार्य, महाश्रम शर्मा आचार्य र सीता केसी आचार्य रहेका छन् ।

साथै भेलाले ९ सदस्यीय सल्लाहकार समिति गरेको छ । साथै ८७ वर्षीय जेष्ठ नागरिक दुर्गाबहादुर आचार्य समाजको संरक्षक चयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung