बागलुङ । जेष्ठ नागरिक जिल्ला संघ बागलुङले पाँचौ राष्ट्रिय जेष्ठ नागरिक दिवस शुक्रबार बागलुङ बजारमा मनाएको छ ।
कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, ओम शान्तीकी सावित्री दिदी, जेष्ठ नागरिक जिल्ला संघ बागलुङका कार्यसमिति सदस्य दुर्गा बहादुर आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा ९४ वर्षीय कृष्णलाल शाक्य कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नु भएको थियो ।
कार्यक्रम जेष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष चिरञ्जीवी कुमार श्रेष्ठको अध्यक्षता, सचिव बद्री प्रसाद पौडेलको स्वागत र बागलुङ नगरपालिकाकी महिला तथा बालबालिका अधिकृत रचना शर्माले संचालन गर्नु भएको थियो ।

















































































































































































