३ श्रावण २०८३, आईतवार

 

बागलुङ महोत्सवको अवसरमा समृद्धिमा हातेमालो पत्रिका विमोचन

बागलुङ । आठौं बागलुङ महोत्सवको अवसरमा बागलुङ उद्योग वाणिज्य संघले प्रकाशनमा ल्याएको समृद्धिमा हातेमालो विशेषाङ्क पत्रिका विमोचन गरिएको छ ।

आठौं बागलुङ महोत्सवस्थलमा बुधबार बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य युवराज राजभण्डारी, जिल्ला अध्यक्ष राजनकुमार शाक्य, विशेषाङ्क प्रकाशन उपसमिति संयोजक मिना जिसी कँडेलले संयुक्त रुपमा उक्त विशेषाङ्क विमोचन गरेका थिए ।

उक्त विशेषाङ्कमा नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य रहेको बागलुङ उद्योग वाणिज्य संघको ६२ वर्षको इतिहास, बागलुङमा चैते दशैं मेलाको इतिहासदेखि आठौं बागलुङ महोत्सवसम्म आउँदाका अवस्था, बागलुङको पर्यटन प्रवद्र्धनमा बागलुङ उद्योग वाणिज्य संघ र निजी क्षेत्रले खेलेको भूमिका र लगायत आठौं बागलुङ महोत्सव आयोजनाका संयोजकहरुको भनाई समेटेर विशेषाङ्क निकालिएको संघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिनुभयो ।

यो विशेषाङ्कले बागलुङको मेला महोत्सवको इतिहासदेखि उद्योग वाणिज्य संघको इतिहास र बागलुङमा पर्यटन क्षेत्रमा गर्नसक्ने सम्भावित लगानीको क्षेत्र समेत पहिचान गर्न सहयोग पुग्ने बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले जानकारी दिनुभयो ।

उक्त अवसरमा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य युवराज राजभण्डारीले सञ्चालनमा ल्याएको राजभण्डारी एण्ड सन्स वेभरेज प्रालिबाट बजारमा ल्याएको पञ्चमुल प्रशोधित पिउने पानीको पनि सार्वजनिक गरिएको छ ।

सार्वजनिक भएसँगै अब बजारमा पठाईने सञ्चालक राजभण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung