बागलुङ । बागलुङ जेसीजको ४८औँ पदस्थापनको अवसरमा यस वर्षको पूर्णतारा एवार्ड बागलुङ जेसीजका पूर्वअध्यक्ष सुन्दर श्रेष्ठलाई प्रदान गरिएको छ ।
बागलुङ जेसीजका पूर्वअध्यक्ष तथा पूर्णतारा एवार्डका संरक्षक केशव वझा, बागलुङ जेसीजका अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठ र नेपाल जेसीजका अध्यक्ष जिवन काकीले श्रेष्ठलाई दोसल्ला र कदरपत्रले सम्मान गरेका थिए ।
बागलुङ जेसीजको यस सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र जेसीजको संस्थागत विकासमा सदैव क्रियाशिल रहने श्रेष्ठले नयाँ विश्वलाई बताउनुभयो ।
बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, केशव श्रेष्ठले आफनो आमा पूर्ण कुमारी श्रेष्ठ र बुबा तारा प्रसाद श्रेष्ठको स्मृतिमा स्थापित पूर्णतारा अवार्ड स्थापना गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, नेपाल जेसीजकी कार्यकारिणी उपाध्यक्ष सोपना पौडेल, नेपाल जेसीजका अध्यक्ष जिवन कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।
बागलुङ जेसीजका निर्वतमान अध्यक्ष गणेश महतोले आफनो श्रीमती सजना केसी महतोको स्मृतिमा स्थापना गरेको कोषबाट यस वर्ष नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई सम्मान गरेको छ ।
।कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठको अध्यक्षता, निवर्तमान अध्यक्ष गणेश महतोको स्वागत र सहसचिव स्वीकृति भारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
बागलुङ जेसीज २०३५ साल भदौ २९ गते श्याम श्रेष्ठको नेतृत्वमा स्थापना भएको थियो ।
















































































































































































