बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङ र लायन्स क्लब अफ बागलुङ शालिग्रामको संयुक्त आयोजनामा बागलुङ नगरपालिका-४ निरयघाटमा रहेको लक्ष्मी हरि मन्दिर रमानुज आश्रमका जेष्ठ नागरिकहरुलाई खाद्यान्न र न्यानो कपडा प्रदान गरिएको छ ।
डिष्ट्रिक एडमिष्टर काजिमान गुरुङ, लायन्स क्लब अफ धौलागिरि बागलुङ अध्यक्ष राजेश भारी, लायन्स क्लब अफ बागलुङ शालिग्रामकी अध्यक्ष आशा राजभण्डारी भारीले चालिस हजार बराबरको खाद्यान्न र न्यानो कपडा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा हंगर रिलिफ कार्यक्रमका संयोजक डिष्ट्रिक कोडिनेटर अनुप रिजाल र माता पुरुषोत्तमले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम लायन्स क्लब अफ धौलागिरि बागलुङ अध्यक्ष राजेश भारीको अध्यक्षता, लायन्स क्लब अफ बागलुङ शालिग्रामकी अध्यक्ष आशा राजभण्डारी भारीको स्वागत र लायन्स क्लब अफ बागलुङ शालिग्रामकी सचिव रिता शर्मा कार्कीको संचालनमा सम्पन्न भएको थियो ।



















































































































































































