बागलुङ । लायन्स क्लब अफ बागलुङ ब्लुसिपले बागलुङ नगरपालिका-४ स्थित बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ ।
हंगर रिलिफ कार्यक्रम अन्तर्गत विद्यालयलाई खाजासहित १० हजार १ सय बराबरको खाद्यान्न सहयोग गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालयका प्रधानाध्यापक युक्त जंग राजभण्डारी र डिष्ट्रिक कोडिनेटर तथा हंगर रिलिफ कार्यक्रमका संयोजक अनुप रिजालले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङ ब्लुसिपकी अध्यक्ष शोभा काउचाको अध्यक्षता, पूर्वअध्यक्ष रेशमबहादुर आलेको स्वागत मन्तव्य र सचिव पारसिंह थापा मगरको संचालनमा सम्पन्न भएको थियो ।


















































































































































































