३ श्रावण २०८३, आईतवार

 

महासंघको प्रदेश अध्यक्षमा नरेश कँडेलको उम्मेदवारी घोषणा

बागलुङ । बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेश कँडेलले नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

कँडेललाई प्रदेश अध्यक्षमा उम्मेदवार बनाउने संघले निर्णय गरेको छ ।

संघको शनिबार सम्पन्न बैठकले कँडेललाई प्रदेश अध्यक्षमा उठाउने निर्णय गरेको संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको संस्थागत विकास र उद्योगी व्यवसायीको हितमा आफनो उम्मदेवारी केन्द्रीय भएको नरेश कँडेलले नयाँ विश्वलाई बताउनुभयो ।

साथै नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेश कार्यसमिति सदस्य दयाराम पौडेललाई जिल्ला नगरको तर्फबाट सदस्य पदमा र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य युवराज राजभण्डारीलाई महासंघको अधिवेशनमा जिल्ला नगर तर्फबाट खुल्ला केन्द्रीय सदस्य पदमा उम्मेदवार बनाउने निर्णय भएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले बताउनुभयो ।

बैठकले गत पुस ११ देखि २२ गतेसम्म संचालन भएको गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवं ८औँ बागलुङ महोत्सव सम्पन्न गर्न सहयोग र सहकार्य गर्ने उद्योगी व्यवसायीहरुको संघसंस्था, प्रायोजन गर्ने सबै उद्योग, व्यवसाय, प्रतिष्ठान, वित्तीय क्षेत्र, प्रहरी, प्रशासन, जनप्रतिनिधि, स्थानीय पालिका, संचार जगत, नागरिक समाज, वस्तुगत संघहरु, उद्योगी, व्यवसायी,कृषक, स्थानीय संघसंस्था, विद्यालय, सहकारीकर्मी, समाजसेवी, विद्यार्थी, कलाकार, गायन, खेलाडीलगाएत सबैमा धन्यवाद व्यक्त गरिएको महासचिव इन्द्रमणी पौडेलले अर्जुनले बताउनुभयो

।बैठकले उद्योग वाणिज्य संघको ६२औँ साधारण सभा र स्थापना दिवस आगामी फागुन २० गते गर्ने निर्णय गरेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung