बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्ष पदमा बागलुङका नरेश कँडेलले उम्मेदवारी घोषणा गर्नु भएको छ ।
उद्योग वाणिज्य संघ बागलुङले निर्वमान अध्यक्ष नरेश कँडेलललाई नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्षको उम्मेदवार बनाउने सस्थागत निर्णय गरेसँगै कँडेलले तयारी थाल्नु भएको हो । शनिवार बागलुङ उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न बैठकले यही माघमा हुने अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेको छ ।
लामो समयदेखि उद्योग वाणिज्य संघमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कँडेलले बागलुङ उद्योग वाणिज्य संघमा ३ वर्ष अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै कुशल नेतृत्व प्रदान गर्नु भएको थियो । २०६५ सालमा उद्योग वाणिज्य संघ बागलुङको साधारण सदस्य बन्नु भएका कँडेल २०६६ देखि ०६९ सम्म पहिलो र २०६९ देखि २०७२ सम्म दोश्रो पटक कार्य समिति सदस्य, २०७२ देखि २०७५ सम्म द्धितीय उपाध्यक्ष, २०७५ देखि २०७८ सम्म महासचिव र २०७८ देखि २०८१ सम्म अध्यक्ष बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष हुनु भएको थियो भने २०८१ देखि हाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सदस्य रहनु भएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ लगायतका विभिन्न संघ संस्थाको नेतृत्व गरिसकेका कँडेलले अस्थिर राजनीतिक अवस्थामा निजी क्षेत्रलाइ क्रियाशिल र गतिशिल बनाउँदै सरकारी निकायसँग सहकार्य गरेर अगाडि जाने बताउनु भएको छ ।
युवाको नेतृत्व आजको आवश्यकता रहेको र समृद्ध गण्डकी प्रदेश निमार्ण गर्नका लागि लगानी मैत्री वातावरण सिर्जना गराउन र जिल्लारनगर उधोग वाणिज्य संघ, वस्तुगत संघ र एशोसिएट सदस्यको व्यक्तिगत तथा संस्थागत क्षमता अभिबृद्धी गराउने गरि कार्यक्रम ल्याउने बताउनु भयो ।
साथै प्रदेशको आर्थिक र सामाजिक विकासका लागि नीजि क्षेत्रको भूमिका प्रभावकारी बनाउने र व्यवसायीमैत्री वातावरण निर्माणमा पहल गर्ने आफ्नो एजेण्डा रहेको बताउनुभयो ।
उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको नयाँ नेतृत्वको लागि यही माघमा निर्वाचन हुँदैछन् ।













































































































































































































