३ श्रावण २०८३, आईतवार

 

फर्निचर तथा फर्निसिङ व्यवसायी संघको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा ऋषिराम गौतम

बागलुङ । फर्निचर तथा फर्निसिङ व्यवसायी संघ बागलुङको प्रथम साधारण सभा सम्पन्न भएको छ।

शनिबार बागलुङ बजारमा आयोजित साधारणसभाको उद्घाटन गर्दै फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष युवराज पौडैलले विश्वको अस्थिर आर्थिक बजार, बैंकको महंगो व्याजदर र बजार मन्दीले व्यसायीहरू पलायन हुँदै जान थालेकोले योगदान र सिपको आधारमा वर्गीकरण गरेर सुविधा र सहुलियतको व्यवस्थापन गर्दै व्यवसायीहरू ज्यादै मारमा परेकाले सरकारले विशेष सहुलियतपूर्ण कार्यक्रम ल्याउनुपर्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष फोमनाथ अर्याल, फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ गण्डकी प्रदेशका सचिव खगेन्द्र केसी, गण्डकी प्रदेशका अध्यक्ष हिरामणि पण्डित, फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रीय सदस्य आशिष केसी, महासंघका तृतीय उपाध्यक्ष ज्ञानबहादुर नेपालीले वर्तमान आर्थिक तथा व्यवसायिक चुनौतीको बेला व्यवसायीहरुले कठिन परिस्थितिमा काम गरि रहेको धारणा राखेका थिए।

कार्यक्रम फर्निचर तथा फर्निसिङ व्यवसायी संघका अध्यक्ष ऋषिराम गौतमको सभापतित्व र सचिव कृष्णबहादुर छन्त्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रथम अधिवेशनले ऋषिराम गौतमको अध्यक्षता ७ सदस्यीय कार्यसमिति निर्माण गरेको छ ।

समितिको उपाध्यक्षमा ईश्वर बोहरा, सचिवमा कृष्णबहादुर छन्त्याल, कोषाध्यक्ष सचिन हरिजन रहेका छन् । साथै सदस्यहरुमा केशव वझा, कृष्णबहादुर थापा र केशव हरिजन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung