२० भाद्र २०८३, शनिबार

 

अमलाचौर–बागलुङ सम्पर्क समितिको अध्यक्षमा विष्णु प्रसाद अधिकारी, सचिवमा हिमाल पौडेल

बागलुङ । बागलुङ नगरपालिका-१२ अमलाचौर र बागलुङ बजारमा बस्दै आएकाहरुको भेला शनिबार सम्पन्न भएको छ । भेलाले विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा २० सदस्यीय अमलाचौर–बागलुङ सम्पर्क समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रकाश लामिछाने र प्रिया किसान, सचिवमा हिमाल पौडेल, सह–सचिवमा संगिता रेग्मी, कोषाध्यक्षमा टेकबहादुर विक र सदस्यहरुमा जयप्रसाद विक, विमला विक, सन्ध्या पौडेल, नारायण प्रसाद पोडेल, प्रेम ढकाल, अर्जुन ढकाल, माधव चापागाई, महेन्द गौतम, जुना लामिछाने, प्रकाश पौडेल, तस्लिमा खातुन,राजु विक, जिवन शर्मा, खगेन्द्र विक रहेका छन् ।

समितिको सल्लाहकारमा गुरुदत्त पाठक, चित्र सापकोटा, धनबहादुर परियार, टिका कुमारी विक, किरण आचार्य, तिलक आचार्य, कल्पना पाठक, हरिराम अधिकारी, विष्णु चापागाईं, यदुनाथ घिमिरे, देवप्रकाश घिमिरे, हरिस पौडेल र सुजन परियार रहेका छन् ।

आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका सामाजिक कार्य गर्न समितिको महत्वपूर्ण भूमिका रहने नवनिर्वाचित अध्यक्षले बताउनुभयो । उक्त बैठक जेष्ठ व्यक्तित्व यदुनाथ घिमिरेको अध्यक्षता र दिनेश अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

ढोरपाटनन्युजबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung