२ श्रावण २०८३, शनिबार

 

आकर्षक ब्याजदरमा एनआईसी एशिया बैंकले ल्यायो ‘गोल्ड लोन’ योजना

बागलुङ। एनआईसी एशिया बैंकले प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना ल्याएको छ। बैंकले सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने उक्त कर्जामा औसत आधार दरमा १ देखि ३ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ऋण उपलब्ध गराउने भएको हो।

सो योजनाअन्तर्गत ग्राहकले आफ्नो सुनको बार वा गरगहना धितो राखेर ५० लाख रुपैयाँसम्मको कर्जा सुविधा उपभोग गर्न सक्नेछन्। बैंकले धितो राखिने सुनको बजार मूल्यको अधिकतम ७० प्रतिशतदेखि ८० प्रतिशतसम्म ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको छ।

यसका साथै, नयाँ गरगहना खरिद गर्न चाहने ग्राहकका लागि समेत बैंकले कर्जा उपलब्ध गराउने विशेष सुविधा प्रदान गरेको छ। ग्राहकको सुविधालाई ध्यानमा राख्दै बैंकले सो कर्जा सम्बन्धी सबै प्रक्रियालाई सहज बनाउन तोकिएका विभिन्न शाखाबाट सेवा उपलब्ध गराएको छ।

कर्जा प्रवाहलाई थप प्रभावकारी बनाउन र ग्राहकका जिज्ञासा एवं गुनासोलाई तत्काल सम्बोधन गर्न बैंकले ‘कर्जा सहायता केन्द्र’ समेत स्थापना गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung