३ श्रावण २०८३, आईतवार

 

अमेरिकाले बनाएको विश्व व्यवस्था तोड्दै ट्रम्प

दोस्रो कार्यकाल सम्हालेदेखि ट्रम्पले सन् १९९१ पछि अमेरिका आफैँले सम्हालेर जोगाएको व्यवस्थालाई तोड्न सुरु गरेका छन् विधिमा आधारित विश्व व्यवस्थाको सबैभन्दा शीर्ष संस्था तथा बलियो प्रतीक भए पनि संयुक्त राष्ट्र संघले आफ्नो ८० वर्षे इतिहासमा प्रायस् सधैं शक्तिशाली राष्ट्रहरूको स्वार्थलाई ढाकछोप गर्ने काम गरेको छ ।

भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मदुरोको अपहरण गरेर तथा आफ्नो देशलाई ६६ अन्तर्राष्ट्रिय संस्थाबाट निकालेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो आवरण पनि फालिदिएका छन् । यससँगै अमेरिकाको वास्तविक अनुहार विश्वसामु उदांगिएको छ । अब एउटा यस्तो संसारले आकार लिँदै छ, जहाँ शक्तिले जे गरे, त्यही सही ठहरिन्छ ।

सन् १९४५ मा विश्वयुद्ध अन्त्य भएदेखि सन् १९९१ सम्ममा विश्वमा दुइटा महाशक्ति राष्ट्र थिए– संयुक्त राज्य अमेरिका र सोभियत संघ । दुवैले संसारका फरक क्षेत्रमा आआफ्नो इच्छानुसार हस्तक्षेप गरे ।

कहिले तिनले छद्म युद्धमार्फत त कहिले प्रत्यक्ष युद्धमार्फत धेरै देशलाई ध्वस्त बनाए । तथापि, त्यस अवधिमा दुई महाशक्ति राष्ट्रको अस्तित्वले हुन सक्छ, विश्वले एक खालको सन्तुलन र नियन्त्रणको महसुस गथ्र्यो । त्यो दुईध्रुवीय विश्व कुनै संस्थागत व्यवस्था थिएन, त्यसैले सोभियत संघको पतनसँगै त्यसको पनि अन्त्य भयो ।

सन् १९९० मा सोभियत संघ दृश्यबाट हराएपछिका दशकमा अमेरिकाको नेतृत्वमा एकध्रुवीय संसारको उदय भयो । यो ‘इतिहासको अन्त्य’को अवधि थियो, जहाँ एउटा राजनीतिक विचारधारा स् लोकतन्त्र र एउटा आर्थिक व्यवस्था स् स्वतन्त्र बजार विश्वमा दिग्विजयी देखियो । लोकतन्त्रमाथिको जोडका कारण यस अवधिमा ‘शक्तिकै भक्ति’को अभ्यास भएन ।

आर्थिक भूमण्डलीकरण र यसको प्राथमिक उपकरण स्वतन्त्र बजार सन् १९८० को दशकमा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र ब्रिटिस प्रधानमन्त्री मार्गरेट थ्याचरले प्रवद्र्धन गरेका थिए । सन् १९९१ पछि पूर्वी कम्युनिस्ट देश तथा चीन, भारतजस्ता ठुला देशसमेत बजारमा आधारित अर्थतन्त्रतर्फ अघि बढे ।

विश्वव्यापीकरणको यस युगलाई अगाडि बढाउन अन्तर्राष्ट्रिय संस्थाहरूले ठुलो भूमिका खेलेका थिए । यद्यपि, अन्य संस्थाको तुलनामा राष्ट्र संघको भूमिका उल्लेखनीय रहेन । ‘ब्रेटन वुड्स’मा जन्मिएका जुम्ल्याहा संस्थाहरू अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० र विश्व बैंक बरु बढी हाबी रहे । दुवैले ल्याटिन अमेरिकादेखि अफ्रिका र एसियासम्म विकासशील देशमा बजारको संरचनात्मक सुधार र वित्तीय अनुशासन कार्यान्वयन गर्न दबाब दिए । यस दिशामा आवश्यक वित्तीय सहयोगसमेत प्रदान गरे । विश्व व्यापार संगठन ९डब्लुटिओ०ले सीमापार सामानको स्वतन्त्र प्रवाह सुनिश्चित गर्ने भूमिका निभायो ।

ब्रेटन वुड्स संस्थाहरूमाथि निस्सन्देह अमेरिका र यसका युरोपेली सहयोगीको प्रभुत्व रह्यो । अमेरिकाले दुवै संस्थाको बोर्डका निर्णयमा प्रभावकारी भिटो प्रयोग गर्दै आएको छ । यी संस्थाको बौद्धिक दिशा रेगन र थ्याचरले अपनाएका विचारबाट प्रभावित छन् । तथापि, डब्लुटिओ भने अझै ‘एक देश, एक मत’को सिद्धान्तमा अघि बढिरहेको छ, जुन पहल कार्यान्वयनको नेतृत्व पनि अमेरिकाले नै गरेको थियो ।

सारमा भूमण्डलीकरण अमेरिकाको नेतृत्वमा संसारलाई एउटै ढाँचामा ढाल्ने प्रयोग थियो । यसबाट सबैले समान रूपमा फाइदा नपाए पनि संसारको ठुलो भागले यसलाई अँगालेको थियो ।

केही ठुला र प्रभावशाली देशले बढी लाभ उठाइरहेका थिए । यसैको सहायतामा चीन र भारतजस्ता ठुला देश आफ्ना करोडौँ नागरिकलाई गरिबीबाट बाहिर निकाल्न सफल भए । यो उपलब्धि संयुक्त राष्ट्र विकास कार्यक्रम वा सहायता प्रयासमार्फत कहिल्यै सम्भव थिएन ।

समग्रमा, भूमण्डलीकरणको युगमा एसियाले अफ्रिका र ल्याटिन अमेरिकाभन्दा राम्रो प्रदर्शन गर्‍यो । र, विश्वव्यापीकरणको युग पूर्णतस् अमेरिका नेतृत्वको एकध्रुवीय विश्वका रूपमा परिभाषित रह्यो । तर, सन् २००८ को विश्वव्यापी वित्तीय संकटमा अमेरिकाको घरमै स्वतन्त्र बजार अर्थतन्त्रले नराम्रो धक्का खायो ।

त्यस संकटमा आमसर्वसाधारण तथा कामदारले आफ्नो जागिर गुमाउँदा ‘नाफामुखी’ बैंकर र वित्तीय संस्थालाई भने सरकारले उद्धार गर्‍यो । यसले स्वाभाविक रूपमा क्रोध र प्रतिक्रिया उत्पन्न भयो । ट्रम्प त्यही आक्रोशपूर्ण प्रतिक्रियाका अभिव्यक्ति थिए । अमेरिकाका लागि वास्तविक खतराका रूपमा चीनको उदयले ती डरलाई अझ बढायो, ट्रम्पको उदयलाई थप बढावा दियो ।

ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता अहिले सन् १९४५ देखि अझ विशेषतस् सन् १९९१ पछि अमेरिका आफैँले सम्हालेर जोगाएको व्यवस्थालाई तोड्न सुरु गरेका छन् । यसमा व्यापार पहिलो निसाना बनेको छ ।

सम्भवतस् भूमण्डलीकरणको असर अमेरिकाका निर्माण क्षेत्रका औसत अमेरिकी मतदाताले समेत भोगेका थिए । त्यसपछि पुरानो विश्व व्यवस्था जोगाउने खडा गरिएका संस्थाहरू स्वाभाविक रूपमा लक्ष्य बने ।

आफ्नो इतिहासको प्रायस् समय अप्रभावी रहेको राष्ट्र संघ एउटा सजिलो निसाना बनेको छ । ध्यान दिनुपर्ने कुरा, ट्रम्पले अमेरिकालाई सम्पूर्ण संरचनाबाट बाहिरिनुको सट्टा त्यसका चुनिएका संस्था र एजेन्सीबाट मात्र अलग गरेका छन् ।

बहुध्रुवीयताको तमाम चर्चाका बाबजुद ट्रम्पलाई थाहा छ कि संसार अहिले पनि एकध्रुवीय नै छ । व्यापारदेखि युद्धसम्म जोसँग शक्ति छ, उसले जे गरे पनि सही ठहरिइरहेकै छ ।

भविष्यमा कुनै समय चीन अमेरिका हाराहारीको शक्ति बन्ला । त्यसपछि भने संसार फेरि परिवर्तन हुनेछ । त्यतिन्जेलसम्म भने यस खण्डित विश्वमा अमेरिकाले लिने अडानविरुद्ध जान जोकसैले एकपटक सोच्नैपर्ने हुन्छ ।

(नायर भारतीय थिंक ट्यांक वेदान्तका प्रमुख अर्थशास्त्री हुन्)

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung