बागलुङ । प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसमा बागलुङका दुई जना पत्रकारलाई पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।
प्रेस चौतारी पुरस्कारबाट सृजना पन्त र प्रेस चौतारी युवा क्रियाशिल पत्रकारिता पुरस्कारबाट अर्जुन कार्की सम्मानित भएका छन् ।
.विहिबार बागलुङ बजारमा सम्पन्न चौतारीको २८औँ स्थापना दिवसको अवसरमा उहाँहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ ईन्चार्ज मन केसी र प्रेस चौतारी नेपाल बागलुङका अध्यक्ष कमल पौडेलले दोसल्ला र कदरपत्रले सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा नेकपा एमालेका बागलृुङ क्षेत्र नंम्बर १ का उम्मेदवार हिरा केसी, एमालेका केन्द्रीय सदस्य गोविन्द नेपाली, सम्मानित व्यक्तित्व सृजना पन्त, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश गिरी, प्रेस चौतारी नेपालका पूर्वसचिव रामकृष्ण शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा र प्रगतिशील पत्रकार संघ बागलुङका अध्यक्ष विजय रानाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम प्रेस चौतारी नेपाल बागलुङका अध्यक्ष कमल पौडेलको अध्यक्षता, उपाध्यक्ष संगीता रेग्मीको स्वागत र सचिव रोहन जिसीको संचालनमा सम्पन्न भएको थियो ।


















































































































































































