३ श्रावण २०८३, आईतवार

 

भुईं मान्छेको जीवन साच्चिकैै परिवर्तन गर्न प्रचण्डकै नेतृत्व चाहिन्छ

तपाई हामीलाई प्रचण्ड मन पर्न या नपर्न सक्छ । हामीले एकपटक आँखा बन्द गरी सोचौं त झण्डै २० वर्ष अघि तिरको नेपाल । त्यतिबेला देशको राजनीतिक र सामाजिक अवस्था कस्तो थियो रु एक विद्रोही प्रचण्डकै नेतृत्वमा देशको व्यवस्था फेरिएर जनताले शासन गर्ने दिन आए ।

सशस्त्र जनयुद्धको नेतृत्वदेखि गणतन्त्र स्थापनासम्म, संविधान कार्यान्वयनदेखि शान्ति प्रक्रियाको संस्थागत विकाससम्म र ब्याप्त भ्रष्टाचार विरुद्ध सुशासन कायम गराउनसम्ममा नेतृत्वदायी भूमिकामा आजको दिनमा प्रचण्ड छन् ।

समकालिन नेताहरुमा नयाँ पुराना सबै राजनीतिक पार्टी र नेताहरुलाई मिलाएर लैजान सक्ने खुबी र अब्बल क्षमता भएका नेता प्रचण्डमात्रै हुन् ।

नेपालको आधुनिक राजनीतिक इतिहासमा प्रचण्ड एउटा यस्तो नाम हो, जसले देशको राजनीतिक बाटो मात्र होइन, यसको सामाजिक संरचनागत स्वरूप नै बदले ।

प्रचण्ड नेतृत्वको तत्कालिन नेकपा ९माओवादी०ले २०५२ साल फागुन १ बाट जनयुद्ध शुरु गरेर १० वर्षमा सामन्ति राजतन्त्र ढलायो र देशमा गणतन्त्र स्थापना भयो । भलै जनताको अवस्था फेर्न फेरी नयाँ अभियानको आवश्यकता छ ।

जनताले आफ्नो संविधान आफै लेख्ने अवसर पाए, त्यो वातावरण बनाउने योजना प्रचण्डकै हो । वर्षौदेखि नेपाली जनताले आफ्नो संविधान आफै लेख्न पाउनु पर्ने माग गर्दै आएका थिए । तर, सत्तासिन राजा, कांग्रेस, एमालेले जनताको आवाज सुनेनन् ।

प्रचण्ड नेतृत्वको तत्कालिन नेकपा ९माओवादी०ले गणतन्त्र, संविधान, जनताको अधिकार लगायतका मुद्दा उठाएर जनयुद्ध शुरु गरेको थियो । जो पुरा पनि भए । २०६३ सालमा माओवादी जनयुद्धबाट शान्तिमा आएसँगै २०६४ सालमा संविधान सभाको निर्वाचन भयो । फेरी २०७० मा निर्वाचन गरि २०७२ सालमा संविधान जारी गरियो ।

जनता राज्यसत्ताबाट अधिकार पाउनु त के बोल्ने अधिकारबाट समेत बन्चित थिए । पींधका जनतालाई अधिकार यिनै प्रचण्डले दिलाए । आफ्नो अधिकारको लागि बोल्न र लड्न सिकाउने नेता उनै हुन् । त्यसैले पनी उत्पीडित जनताले त भुल्नै नहुने र सम्मान गरि रहनु पर्ने व्यक्ति प्रचण्ड हुन् ।

माओवादी आन्दोलनले महिला, दलित, जनजाति, मधेसी लगायतका समुदायलाई मुख्यधारको राजनीतिमा ल्याउन महत्वपूर्ण भूमिका खेल्यो । राज्यका विभिन्न निकायमा समावेशी प्रतिनिधित्वको अवधारणा बलियो बनाउन पनि प्रचण्ड नेतृत्वको महत्वपूर्ण उपलब्धि हो ।

प्रचण्ड दोश्रो पटक २०७३ सालमा प्रधानमन्त्र बन्दा देशमा १८ घण्टासम्म चरम लोडसेडिङ थियो । उनले त्यो विकराल अन्धकार हटाएर उज्यालो नेपाल बनाए । उनकै योजना र निर्देशनमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरे ।

व्यावसायिक व्यवस्थापन र कडा अनुशासन लागू गरे । प्रचण्ड नेतृत्वमा लोडसेडिङ त हट्यो नै नेपालमा जल विद्युत् पनि उत्पादन तिव्र रुपमा बढ्यो । अहिले भारत र बङ्गलादेशलाई नेपालले बिजुली बेच्ने गर्दछ ।

बढ्दो भ्रष्टाचारले देशमा निराशा बढ्दो थियो । जब प्रचण्ड तेश्रो पटक प्रधानमन्त्री भए २०७९ सालमा तब भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा अभियान चलाए ।

भ्रष्टाचारका धेरै फाइलहरु खोले । नक्कली भुटानी शरणार्थी काण्डमा पूर्वउपप्रधानमन्त्री, पूर्व गृहमन्त्री र सरकारका सचिवहरुलाई जेल कोचे । बालुवाटार जग्गा, सुन काण्ड, टियू, बाँसबारी काण्ड लगायत दर्जनौ फाइल सरकारले खोलेर हजारौं जनामाथि अनुसन्धान भयो । झण्डै हजार जना जेल परे । देशमा आशा बढ्यो ।

प्रचण्ड नेतृत्व सरकारप्रति जनताको विश्वास बढ्यो । सरकारले भ्रष्टाचारका अरु फाइल खोल्दै थियो, नक्कली भुटानी शरणार्थी काण्डमा ठुलै नेता समातिदै थिए ।

गिरीबन्धुको फाइल अनुसन्धान हुदै थियो तब ठुला २ दल कांग्रेस र एमाले तर्सेर रातारात प्रचण्डलाई हटाएर सरकारमा उक्लिए । फेरी देशमा उही बेथिति शुरु भयो । भ्रष्टाचार बढ्यो । कांग्रेस एमालेले आफ्ना गलतलाई जोगाउने प्रतिपक्षीलाई प्रतिसोध सांधे ।

जब सिमाहरु नाघे जेनजी पुस्ता सडकमा उत्र्यो । भदौ २३ मा कलिला युवाको ज्यान लियो ओली नेतृत्वको सत्ताले । २४ भदौमा नयाँ भनिएकाहरुले देशभर आगो बाले । देशका महत्वपूर्ण निकाय खरानी बनाए ।

ओली सत्ता २४ घण्टाको आन्दोलनले ढाल्यो । २०८२ भदौ २६ मा अन्तरिम सरकार बनाउन राष्ट्रपतिसँग प्रचण्डले नै भुमिका खेले । सुशिला कार्की नेतृत्वको सरकारले आउने फागुन २१ गते प्रतिनीधि सभा सदस्यको निर्वाचन गराउँदैछ ।

यो चुनाव नियमित निर्वाचन हैन र सामान्य पनि हैन । यो निर्वाचन देशको लागि साह्रै महत्वपूर्ण छ । निर्वाचनले दिने परिणामले देशलाई कुन बाटोमा हिडाउने भन्ने दिशा तय गर्ने छ ।

यतिबेला देशका सामु २ बाटा छन् । पहिला सकारात्मक कुरा गरौं । नेपाली समाजले चाहेको र जेनजी आन्दोलनको माग अनुसार सुशासन देशमा आवश्यक छ । समृद्ध र स्वाधिन नेपाल बनाउन मेलमिलाप र एकताकै बाटो हिड्नु आजको आवश्यकता हो ।

जनतालाई सामाजिक न्याय र सुशासन कायम गरी अघि बढ्नुको विकल्प छैन । यो बाटोमा सबै राजनीतिक पार्टी र नेतालाई मिलाएर हिडाउने एकमात्रै अगुवा प्रचण्ड हुन् । त्यसैले प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले यो निर्वाचन जित्नै पर्छ ।

र, अब अर्को अतिवादीरप्रतिसोधको बाटोको पनि कुरा गरौं । समाजमा अति घृणा फैलाउने, एकले अर्कोलाई अपमान, तुच्छ बोल्ने र चरम प्रतिसोध साँध्ने । यो बाटोमा मुख्यगरि नयाँ भनिएको रास्वपाका नेताहरु सामाजिक सन्जालदेखि सडकसम्म हिंडिरहेका छन् र उनीहरुसँग भिड्न कम्मर कसेर एमालेहरु लागि रहेका छन् । यो नेपाली समाजको लागि ज्यादै खतरनाक छ ।

रास्वपा र एमाले यी दुबै अतिवादीले यसपालीको निर्वाचन कुनै पनि हालतमा जित्नै हुदैन । उनीहरु हाबी भएको खण्डमा देश दुर्घटनामा जानेछ । त्यसैले जनता सचेत हुनैपर्छ । भोली यस्तो हुनेछ भन्ने परिणाम जान्दा जान्दै आज अतिवादीहरुलाई नचुनौं ।

गलत गर्ने र देशै भड्खालोमा हाल्ने लाइसेन्स कसैलाई दिनु हुदैन ।आज समय छ बुझौं । विचार गरौं । हामीले गर्ने एक गल्तीले भोली ठुलो पछुतो नहोस् ।
खासमा देश आज प्रचण्डकै मुद्दामा हिंडेको छ ।

भनिन्छ नी जसतो नीति उसकै नेतृत्व भयो भने मात्रै सहि गन्तव्यमा देश पुग्नेछ । सचेत मान्छेहरु गम्भीर भएर सोंचौ हावाहुरीको पक्षमा नलागौं । नेपाली जनतामा अनुरोध छ । समृद्ध र स्वाधिन नेपाल बनाउन फागुन २१ गते हाम्रो अमुल्य मत तारामा हालौं ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung