बागलुङ । लायन्स क्लब अफ पंचकोट, लायन्स क्लब अफ पिस टाउन, लायन्स क्लब अफ बागलुङ भगवती सेवा, लायन्स क्लब अफ बागलुङ रोज भिलेज, लियो क्लब अफ बागलुङ कालिका, लियो क्लब अफ बागलुङ पिस टाउन र लायन्स ३२५ जे धौलागिरि एरियाको संयुक्त आयोजनामा ऐतिहासिक चैत्र दशैंको अवसरमा कालिका भगवती मन्दिरको दर्शन गर्न आएका दर्शनार्थीहरुलाई निःशुल्क खानेपानी वितरण गरिएको छ ।
मन्दिरको दर्शन गर्न आएका दर्शनार्थी र ऐतिहासिक चैत्राष्टमी मेला हेर्न आएका दर्शकलाई खानेपानी वितरण गरिएको जोन चियर पर्सन लक्ष्मी पौडेल खत्री पन्तले नयाँ विश्वलाई बताइन् ।
गर्मीको बेला, शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको सङ्क्रमण हुने सक्ने भएकोले क्लबको पैसामा खानेपानी वितरण गरिएको क्लबले जनाएको छ ।
















































































































































































































