४ श्रावण २०८३, सोमबार

 

बागलुङ शाक्य खल : काठमाडौंको सातौं पारीवारिक भेला तथा साधारणसभा सम्पन्न

बागलुङ । बागलुङ शाक्य खलः काठमाडौंको सातौं पारीवारिक भेला तथा साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौंको बालाजु पार्कमा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि खलःका जेष्ठ नागरिक महालक्ष्मी शाक्य, खलका प्रधान संरक्षक श्रवणलाल शाक्य, ज्ञानोदय वुद्ध विहार बागलुङका सल्लाहकार मुकुन्द शाक्य, नेपाल परम्परागत वौद्ध संघका उपाध्यक्ष दिनेश शाक्य, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका उपाध्यक्ष किस्मत मणि श्रेष्ठ, बागलुङ शाक्य खलः काठमाडौंका अध्यक्ष वाल कुमार शाक्यले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा बागलुङ शाक्य खलः काठमाडौं सचिव मनोज शाक्यले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विक्रम राज शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम बागलुङ शाक्य खलः काठमाडौंका अध्यक्ष वाल कुमार शाक्यको अध्यक्षता, सदस्य सुनिल सन शाक्यको स्वागत र सचिव मनोज शाक्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung