बागलुङ । प्रबुद्ध युवा समूह बागलुङको अध्यक्षमा रोहित सुनार सर्वसम्मत रुपमा चयन भएका छन् ।
समूहको शनिबार सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले अध्यक्षमा सुनारलाई पुन अध्यक्षमा चयन गरेको हो ।
समूहको उपाध्यक्षमा रेजिना खत्री, सचिवमा अन्जान बोसेल, कोषाध्यक्ष वर्षा प्रधान, सह–सचिवमा जान्वी नायर चयन भएका छन् ।
भने सदस्यहरुमा सक्षम श्रेष्ठ, सागर विक, रोहन सुनार, मनिषा पौडेल, रेजिना सुनार रहेका छन् ।
साथै संरक्षकहरुमा विजय राना, रोमन घमाल, राजेश बोहरा र सल्लाहकारमा दिलिप प्रतेल, विशेष पराजुली, सुमन बोहरा, जेनिशा नायर रहेका छन् ।
कार्यक्रममा कोषाध्यक्ष रेजिना खत्रीले आर्थिक प्रतिवेदन र उपाध्यक्ष अन्जान बसेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वरिष्ठ सल्लाहकार राजेश बोहोराले समूहले सामाजिक उत्तरदायित्वकोे काम गर्दै आएको बताए ।
कार्यक्रम प्रबुद्ध युवा समूह बागलुङका अध्यक्ष रोहित सुनारको अध्यक्षता, उपाध्यक्ष अन्जान बोसेल स्वागत र सल्लाहकार दिलिप प्रतेलको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































