३ श्रावण २०८३, आईतवार

 

वैशाख १२ गते बागलुङमा उद्योग व्यापार महासंघ गण्डकीको दोस्रो अधिवेशन हुने, तयारी तिब्र

बागलुङ । नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन बागलुङ बजारमा हुने भएको छ । साधारण सभा तथा अधिवेशनको तयारीलाई नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेश समितिले तिब्रता दिएको छ ।

साधारण सभा तथा अधिवेशन बैशाख १२ गते शनिबार विहान ११ बजे बागलुङ बजारको वेष्टवन रेष्टुरेन्टमा हुँदैछ ।

नेपाल उद्योग व्यापार महासंघका उपाध्यक्ष गोपी अधिकारीको प्रमुख आतिथ्यतामा शनिबार होटल समिटमा सम्पन्न बैठकले प्रदेश अध्यक्ष जनकराज पराजुलीको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरेको छ ।

बैठकले कार्यक्रम संयोजक अर्जुन चोखाल, म्याग्दीका संयोजकमा मोती पौडेल, पर्वतका संयोजकमा दिपक अधिकारी, आर्थिक संयोजकमा गोकुल प्रसाद कँडेल, सदस्यहरुमा लालबहादुर पुन, ललिता थापा, हेमलाल पौडेल, व्यवसायीक प्रायोजन संयोजक मनोविज्ञान श्रेष्ठ, सदस्य मनकाजी विश्वकर्मा, सभा कक्ष व्यवस्थापन संयोजक गगनबहादुर पुन मगर, अतिथि सत्कार संयोजक रतन मलेपती, प्रचार प्रसार संयोजक अनिष खाती र सदस्यहरु विनोद थापा, दिलिप पर्तेल, दिनेश जिसी, पालिका संयोजक प्रकाश पौडेल, खाजा, खाना व्यवस्थापन संयोजक कविता बस्नेत, सदस्यमा दिलिप केसी, सचिवालयमा भुपेन्द्र केसी, सुन्दरी श्रेष्ठ, ताराप्रसाद श्रेष्ठ, टेकबहादुर विकलाई जिम्मेवारी प्रदान गरिएको छ ।

धौलागिरि र समग्र गण्डकी प्रदेशमा नीजि क्षेत्रको लगानी भित्राउन, व्यवसायीक र औद्योगीक गन्तव्यको रुपमा विकास गर्न र समक्ष नेतृत्व चयन गर्न अधिवेशन हुन लागेको नेपाल उद्योग व्यापार महासंघका कोषाध्यक्ष गोकुल प्रसाद कँडेलले जानकारी दिनुभयो ।

नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालका अनुसार अहिले आर्थिक उपसमितिले बागलुङ, म्याग्दी र पर्वतका स्थानीय पालिका, उद्योगी र व्यवसायीसँग सहकार्यका लागि भेटघाट तथा छलफल गरिरहेको छ । अधिवेशनमा ऐतिहासिक व्यवसायीक सामग्री पनि प्रदर्शन गरिने भएको छ ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका उद्योगी व्यवसायीहरुको उपस्थिति रहने छ ।

अधिवेशनमा आउनु हुने उद्योगी र व्यवसायीलाई बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका पुस्तकालय, धार्मिक तथा पर्यटकीय गन्तव्यमा भम्रण गराउने उद्देश्य पनि रहेको नेपाल उद्योग व्यापार महासंघ म्याग्दीका अध्यक्ष मोती पौडेलले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीले गर्नु हुने भएको छ ।

कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठ, उपाध्यक्ष गोपी अधिकारी, महासचिव खिमलाल पराजुलीको पनि उपस्थिति हुने भएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung