बागलुङ । मालिका सेवा समाज बागलुङले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर वितरण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा बागलुङ नगरपालिका-५ का वडा अध्यक्ष हरि प्रसाद शर्मा,नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्य र मालिका सेवा समाजका अध्यक्ष जिवननाथ शर्मा रेग्मीले नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए ।
समाजले नयाँ वर्षको अवसरमा प्रकाशित गरेको क्यालेण्डर समाजका सबै सदस्यहरु र मालिका गाउँका सबै घरमा वितरण गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम मालिका सेवा समाजका अध्यक्ष जिवननाथ शर्मा रेग्मीको अध्यक्षता, कोषाध्यक्ष प्रकाश केसीको स्वागत मन्तव्य तथा सचिव खडानन्द सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो।














































































































































































































