३ श्रावण २०८३, आईतवार

 

पत्रकार महासंघ बागलुङद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बागलुङ । नेपाल पत्रकार संघ बागलुङले सरकारी विज्ञापन निजी क्षेत्रको सञ्चार माध्यामलाई नदिने निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री बालेन्द्र साहलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यमार्फत प्रधानमन्त्री शाहलाई उक्त ज्ञापनपत्र हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अविरल’ले ज्ञापनपत्र बुझाउँदै नयाँ विज्ञापन नीतिले सञ्चारमाध्यमहरूको स्वतन्त्रता, स्थायित्व तथा स्थानीय सञ्चार संस्थाहरूको अस्तित्वमा नकारात्मक असर पार्ने बताउनुभयो ।

सरकारको सचिव स्तरीय निर्णयले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै प्रकाशित गर्ने गरी गत चैत १८ गते गरिएको परिपत्रबारे नेपाल पत्रकार महासंघले विरोध गरेको छ ।

औपचारिक रुपमा यसअघि नै विरोध गरेको महासंघले चरणबद्द विरोध र आन्दोलनका कार्यक्रम गरी विहिबार प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गरेको छ ।

देशभरका ७७ जिल्लाबाटै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाईएको नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालले जानकारी दिनुभयो ।

कार्यक्रममा ज्ञापनपत्र बुझेपछि प्रजिअ आचार्यले स्वतन्त्र प्रेस लोकतन्त्रको आधार भएकोले महासंघको माग जायज भएको भन्दै सो सम्बन्धमा संघिय सरकारले उचित निर्णय लिने बताउनुभयो ।

उहाँले महासंघको मागलाई प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्दता जनाए ।

उक्त अवसरमा महासंघका उपाध्यक्ष सृजना पन्तले यो माग सुनुवाइ नभए महासंघ थप आन्दोलनका चरणमा जान बाध्य हुने बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung