बागलुङ । नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनको अवसरमा पाँच जना व्यवसायी सम्मानित भएका छन् ।
शनिबार बागलुङ बजारमा आयोजित कार्यक्रममा व्यवसायीलाई सम्मान गरिएको हो ।
बागलुङ नगरपालिका–२ धौलागिरि चोकका श्रीकृष्ण मेडिको कर्सनका संचालक डा कृष्णबहादुर श्रेष्ठ, बागलुङ नगरपालिका-३ लालिगुराँस चोकका लालचन्द्र राजेशचन्द्र पुस्तक तथा स्टेशनरी पसलका संचालक लालचन्द्र राजभण्डारी, बागलुङ नगरपालिका–२ श्रीनगर टोलकी होटल आरतीकी संचालक कविता बस्नेत, पोखरा महानगरपालिका ६ की महिला उद्यमी गोमा ढकाल, बिहाडि गाउँपािलका-२ ओहाकिका निवासी ऋखिराम भुषाल र उत्कृष्ठ जिल्लामध्ये नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीलाई सम्मान गरिएको नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्ष जनकराज पराजुलीले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठ, महासचिव खिमनारायण पराजुली र प्रदेश अध्यक्ष जनकराज पराजुलीले उहाँहरुलाई प्रमाणपत्रका साथ दोसल्ला ओडाएर सम्मान गर्नु भएको हो ।
विभिन्न विधातर्फका सफल व्यवसायी छनौट गरी सम्मान गरिएको वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालले बताउनुभयो ।
कार्यक्रम नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्ष जनकराज पराजुलीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालको स्वागत तथा कोषाध्यक्ष गोकुल प्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।














































































































































































































