३ श्रावण २०८३, आईतवार

 

उद्योग व्यापार संगठन बागलुङ गण्डकी प्रदेशमै उत्कृष्ट, उद्योग व्यापार महासंघद्धारा सम्मानित

बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ गण्डकी प्रदेशमै उत्कृष्ट संगठनको रुपमा सम्मानित भएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ शाखा उत्कृष्ट भएको हो । शनिबार बागलुङ बजारमा आयोजित नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनको अवसरमा बागलुङ शाखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीलाई सम्मान गरिएको हो ।

नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठ, महासचिव खिम नारायण पराजुली र गण्डकी प्रदेश अध्यक्ष जनकराज पराजुलीले राजभण्डारीलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् । अधिवेशनको अवसरमा चार जना व्यवसायी र बागलुङ शाखालाई सम्मान गरिएको हो ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ उद्योगी व्यवसायीको हकहितमा केन्द्रीत हुनुका साथै विभिन्न सृजनात्मक र नमुना व्यवसायीक गतिविधि गर्न सफल भएको भनि सम्मान गरिएको नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका अध्यक्ष पराजुलीले बताउनुभयोे ।

कार्यक्रम नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्ष जनकराज पराजुलीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालको स्वागत तथा कोषाध्यक्ष गोकुल प्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung