बागलुङ । नेपाल उद्योग व्यापार महासंघको चौथौं वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नरका प्रा.डा. विश्वनाथ पौडेललले देशको अर्थतन्त्रले गति लिन लागेको बताउनुभयो ।
स्थिर सरकार पनि आएको छ, अहिलेको मुख्य समस्या भनेको उघोग र व्यापारको दिगो संचालन हो साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन सत्रमा पौडेलले बताउनुभयो।
अहिलेको युवालाई गणित, फिजिक्स विषय पढाउने र अध्ययनशिल बनाउनु पर्दछ उहाँले भन्नुभयो । हामो अर्थतन्त्र ठूलो ठूलो समस्याको बीचमा बाँच्नुको अर्थ तपाईहरुले शहर र गाउँमा संचालन गर्नुभएको उद्योग र व्यवसायको कारणले हो ।
तपाईहरुले कर तिर्नुहुन्छ रोजगारी सिर्जना गर्नुहुन्छ र पैसा तिरेर सामान र सेवा किन्नुहुन्छ उहाँले बताउनुभयो ।
कार्यक्रममा घरेलु तथा साना उघोग व्यवसायी महासंघका अध्यक्ष गणेश अधिकारी, एनआरएनका प्रवक्ता सोम सापकोटा, नेपाल उघोग वाणिज्य महासंघका प्रतिनिधि छविलाल कँडेल, नेकपा नवलपुका ईन्चार्ज धन प्रसाद सापकोटा, नेकपा एमाले नवलपुरका प्रतिनिधि गिरिराज उपाध्याय, जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि राना मगर, नेपाल उघोग व्यापार महासंघका सल्लाहकार कृष्ण आचार्य, पूर्वसांसद गंगा कार्कीले मन्तव्य व्यक्त गर्नु भयो ।
कार्यक्रम नेपाल उघोग व्यापार महासंघका अध्यक्ष खिम लाल भण्डारीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठको धन्यवाद मन्तव्य, सहसंयोजक याम श्रेष्ठको स्वागत र महासचिव खिम नारायण पराजुलीको सञ्चालनमा सम्पन्न भएको छ ।

















































































































































































































