३ श्रावण २०८३, आईतवार

 

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ सम्मानित

बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नेपाल उद्योग व्यापार महासंघको चौथौं वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशनमा सम्मानित भएको छ ।

शुक्रबार नवलपुर, गैडाकोटकोमा सम्पन्न नेपाल उद्योग व्यापार महासंघको वार्षिक साधारण सभामा देशभरको समिति मध्ये बागलुङ शाखालाई उत्कृष्ठ रहेको जनाउँदै सम्मानित भएको हो ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले सम्मानित हुनु समग्र बागलुङको उद्योगी व्यवसायीहरुको लागि सुखद भएको र यस सम्मानले अझ व्यवसायीको हितमा आफू केन्द्रीत हुने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नरका प्रा.डा. विश्वनाथ पौडेल, नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिम लाल भण्डारी र महासचिव खिम नारायण पराजुलीले राजभण्डारीलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् ।

त्यसैगरी, बागलुङ शाखाले समस्यामा परेका उद्योगी व्यवसायीलाई सहयोग गर्नुका साथै उद्यमीहरुको क्षमता बृद्धि लगायतका कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung