बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन्। महासंघको विधानको व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतस् अध्यक्षको जिम्मेवारीमा पुग्नु भएको हो।
श्रेष्ठ महासंघको २१औं अध्यक्ष बनेका हुन्। आगामी तीन वर्ष श्रेष्ठले उद्योगी व्यवसायीको नेतृत्व गर्नेछन्।
उहाँले २०५९ सालमा महासंघमा कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेर विभिन्न जिम्मेवारीलाई सफलता पूर्वक पुरा गर्नु भएको थियो ।
महासंघमा उहाँको संलग्नता करिब २४ वर्षअघिदेखि सुरु भएको हो। महासंघको ५७औँ साधारण सभाबाट उहाँ वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।













































































































































































































