बागलुङ । विश्व रेडक्रस दिवसको अवसरमा बागलुङमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ हो ।
विश्व रेडक्रस दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा स्वयंसेवक तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रममा रक्तदान गरी मानवसेवामा योगदान दिएको नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्यले बताउनुभयो ।
साथै, मानव जीवन बचाउन रक्तदानजस्तो पुण्य कार्यमा सहभागी हुन सर्वसाधारणलाई प्रेरित गर्ने उद्देश्य पनि रहेको उहाँले बताउनुभयो ।
दिवसमा ८ जना रक्तदाताबाट ८ युनिट रगत संकलन भएको रक्तसञ्चार केन्द्रका गुरुदत्त इन्चार्ज गुरुदत्त शर्माले जानकारी दिनुभयो ।
सेतो वा रातो रक्तको कमी भएका बिरामी, सर्पदंशका घटना, दुर्घटना, शल्यक्रिया तथा सुत्केरी अवस्थाका बिरामीहरूको उपचारका लागि रगत अत्यावश्यक पर्ने भएकाले विश्व रेडक्रस दिवस का अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।उक्त कार्यक्रमले आकस्मिक तथा नियमित उपचारका क्रममा हुने रगतको अभावलाई न्यूनीकरण गर्न सहयोग पुर्याउने नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य ले बताउनुभयो ।
कार्यक्रम आयोजकहरूले रक्तदान जीवन बचाउने महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।
साथै, आपतकालीन अवस्थाका लागि रगतको अभाव हुन नदिन नियमित रूपमा रक्तदान गर्न समेत आग्रह गरिएको छ। यस प्रकारका कार्यक्रमहरूले मानवता, सहकार्य र सेवाभावको भावना अझ बलियो बनाउने विश्वास लिइएको छ।













































































































































































































