३ श्रावण २०८३, आईतवार

 

लायन्स क्लब अफ बागलुङ ताराखोलाको अध्यक्षमा पुन: हरि प्रसाद पौडेल

बागलुङ । लायन्स क्लब अफ बागलुङ ताराखोलाको वर्ष २०२६-२०२७ का लागि अध्यक्षमा हरि प्रसाद पौडेल पुन: सर्वसम्मत चयन भएका छन् ।

पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको प्रथम उपाध्यक्षमा नइन्द्रबहादुर गरुङ, द्धितीय उपाध्यक्षमा शिव प्रसाद निउरे, सचिवमा पूर्ण भद्र निउरे, कोषाध्यक्षमा गणेशबहादुर कार्की, सदस्यहरुमा टेकबहादुर पुन, गणेशबहादुर घर्ति मगर,थम प्रसाद रोका, छमबहादुर विक, तेजमाया गुरुङ , नरबहादुर पुलिसा,टेकबहादुर घर्ति, खिमबहादुर थापा, तमबहादुर घर्ति,प्रकाश रोका, दिलिप केसी, कुलबहादुर घर्ति, जिवन बस्नेत र प्रकाश घर्ति रहेका छन् ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ ताराखोलाका अध्यक्ष हरि प्रसाद पौडेल को अध्यक्षता र सचिव पूर्ण भद्र निउरेको संचालनमा सम्पन्न भएको थियो ।

लायन्स क्लब अफ बागलुङ ताराखोला सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung