३ श्रावण २०८३, आईतवार

 

धौलागिरि समाजको आठौँ साधारण सभा सम्पन्न

बागलुङ । धौलागिरि समाज नेपालको आठौँ साधारण सभा तथा सम्मान कार्यक्रम काठमाडौंमा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले हाम्रो प्राकृतिक नदीहरुको संरक्षण र हितमा लागि सबैसँग सहकार्य गर्नु पर्ने बताउनुभयो । त्यसको लागि नदी, खोलाहरुको आयोग बनाएर भएपनि संरक्षणमा जुट्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा जिवन विज्ञापन विशेषज्ञ एलपि भानु र सांसद सुशिला खडका, प्रमुख संरक्षक रमेश शर्मा, संरक्षक डा. रामबहादुर केसी, गण्डकी बचाउ महाअभियानका संयोजक केदार गौतमले मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभामा वार्षिक प्रतिवेदन महासचिव एक नारायण उपाध्यायले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जैसरा शर्मा प्रस्तुत गरेका थिए ।

कार्यक्रम धौलागिरि समाजका उपाध्यक्ष दिलाराम सुवेदीको अध्यक्षता, गण्डकी बचाउ महाअभियानका संयोजक केदार गौतमको स्वागत र महासचिव एक नारायण उपाध्यायको सञ्चालनमा सम्पन्न भएको ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung