बागलुङ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले शेयर बजार सम्बन्धि तालिम प्रदान गरेको छ । शेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएसँगै लगानीकर्तालाई सचेत र जानकारीमूलक बनाउने उद्देश्यले शेयर बजार सम्बन्धी तालिम सम्पन्न गरिएको छ
।तालिममा शेयर बजारको आधारभूत ज्ञान, धितोपत्र कारोबार प्रक्रिया, लगानीका अवसर तथा जोखिम, प्राथमिक शेयर (आईपीओ), दोस्रो बजार कारोबार, बजार विश्लेषण तथा दीर्घकालीन लगानी रणनीतिका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
साथै डिजिटल माध्यमबाट शेयर कारोबार गर्ने प्रक्रिया, डिम्याट खाता, मेरो शेयर तथा टीएमएस प्रयोगबारे समेत जानकारी गराइएको थियो ।
क्लबले डिव्य सेक्युरिटी, स्टक ब्रोकर नं ५९ र मिसन १.५ को सहकार्यमा तालिम प्रदान गरेको हो ।
प्रशिक्षक विवस गैरेले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष प्रकृति राजभण्डारीको अध्यक्षता र सचिव चाँदनी श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले स्थापना कालदेखि सामाजिक, शैक्षिक, स्वास्थ्य, मानविय र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।













































































































































































































