बागलुङ । यसवर्षको सूर्य –लक्ष्मी स्मृति पुरस्कार तथा सम्मान समाजसेवी देवबहादुर श्रेष्ठलाई प्रदान गरिएको छ ।
बागलुङ नगरपालिका-३ का कुल प्रसाद श्रेष्ठ र बहिनी सहनशीला श्रेष्ठले वैदिक सनातन धर्म संस्कृतिको संरक्षण र सम्वद्धन गर्ने उदेश्यले आफ्ना मातापिता सूर्यलाल श्रेष्ठ र महालक्ष्मी श्रेष्ठको स्मृतिमा २०७१ सालमा स्थापना गरेको कोषबाट समाजसेवी श्रेष्ठलाई २५ हजार नगद सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
सोही कोषबाट मुक्तिनाथ वेद विद्याश्रम कुँडुले फेदीका जेहेन्दार विद्यार्थी शैलेन्द्र पौडेललाई प्रशंसा पत्रसहित नगद २ हजार ५ सय र दोसल्ला ओढाएर पुरस्कृत गरिएको छ ।सो सम्मान तथा पुरस्कार बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, कोषका संयोजक पवन कुमार श्रेष्ठ र राधाकृष्ण सेवा समितिका अध्यक्ष रमेश कुमार राजभण्डारीले संयुक्त रुपमा प्रदान गरेका थिए ।
सम्मानपछि बोल्दै देवबहादुर श्रेष्ठले समाजको लागि समर्पित व्यक्तित्वहरुलाई सकरात्मक उद्धेश्य भएका संघसंस्थाले सम्झनु पर्ने बताउनभुयो ।हिन्दु धर्म संस्कृतिको रक्षा र विकासको लागि सूर्य –लक्ष्मी स्मृति कोषले समाजको लागि महत्वपूर्ण भूमिका खेलेको समाजसेवी देवबहादुर श्रेष्ठलाई सम्मान गरेर समाजलाई गुण लगाएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।
सम्मानित व्यक्तित्वको बारेमा सहयात्रा बागलुङका अध्यक्ष शकुन्तला शर्माले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा समाजसेवी डा कृष्णबहादुर श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
गायक शुभराम भारीले भजन गाउनु भएको थियो । उहाँलाई कलाकार जिवन आचार्य र सुगम राजभण्डारीले साथ दिनु भएको थियो ।
सम्मान समारोह राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेश कुमार राजभण्डारीको अध्यक्षता, कोषका संस्थापक निर्माण कुमार श्रेष्ठको स्वागत मन्तव्य र सचिव हरि प्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।
















































































































































































































