२८ जेष्ठ २०८३, बिहीबार

 

इन्द्रप्रस्थ हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

बागलुङ । नयाँ दिल्ली भारत स्थितइन्द्रप्रस्थ अपोलो हस्पीटल र काठमाण्डौ महानगरपालिका, वाड नं –११, बबरमहल स्थित प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई इन्द्रप्रस्थ अपोलो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदानगर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी ,प्रभु बैकंका मोबाइल बौकिङ्ग प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले १० प्रतिशत छुट पाउने भएका छन् ।

उक्त सम्झौता अनुसार भर्ना भएका बिरामीहरु लाई औषधी र उपभोग्य सामाग्री बाहेक, र भर्ना नभई उपचार गराउने बिरामीहरुलाई औषधि र परामर्श शुल्क बाहेकका शुल्कहरुमा १० प्रतिशत छुट पाउने भएका छन् ।

उक्त सम्झौता पत्रमा इन्द्रप्रस्थ अपोला हस्पीटलका तर्फबाट डेपुटी म्यानेजर विपिनशर्मा र प्रभु बैंक लि।का तर्फबाट चिफ मार्केटीङ अफिसर श्री दिपेन्द्र बाबु बिष्ट को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो । यो सम्झौता २८ मे २०२६ देखि प्रारम्भ भई मे २०२८ सम्म कायम रहनेछ ।

यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६२ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाखभन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung