२६ बैशाख २०८१, बुधबार

 

आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा तथा राहत रकम हस्तान्तरण

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलङले शेयर सदस्य दिपक गौतममा पिता तथा बिमल गौतमका हजुरबुबाको निधनप्रति दुख व्यक्त गर्दै मंगलबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
 बागलुङ नगरपालिका वडा नं. ३ निवासी बालानन्द गौतमको माघ ६ गते ८५ वर्षको उमेरमा निधन भएको थियो ।
 निधन भएको १० औं दिनको पुण्य तिथि पारेर आदर्र्श सञ्चार सहकारीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।
  संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु), सञ्चालक सदस्य शान्ति श्रेष्ठ, गिता खड्का, अम्बिका जिसीले संस्थाको नियम अनुसार सेयर सदस्यका परिवारका सदस्यको निधनमा प्रदान गरिने ५ हजार रुपैया परिवारका सदस्य अशोक गौतमलाई  हस्तान्तरण गर्नु भएको थियो ।
साविक धौलागिरि अञ्चलकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले शेयर सदस्यको परिवारका सदस्यको निधनमा ५ हजार र सेयर सदस्यको निधन भएमा १५ हजार रुपैया मृत्यु राहत स्वरुप हस्तान्तरण गर्दै आएको छ ।
 सूचना र सञ्चार अन्तर्गत धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन गर्दै आइरहेको आदर्श सञ्चार सहकारीले वित्तीय, सञ्चार र सहकारी सम्बन्धी विभिन्न कार्यक्रमका साथै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
 संस्थामा १ हजार ३ सय जना शेयर सदस्य, ३ करोड शेयर रकम, १२ करोड निक्षेप, १४ करोड कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्कीले जानकारी दिनुभयो ।
 कार्यक्षेत्र विस्तार गरी गण्डकी प्रदेश स्तरीय सहकारी संस्थाका रुपमा विकास गर्न लागिएको आदर्श सञ्चार सहकारीले यसै आर्थिक वर्षदेखि गण्डकी प्रदेशको राजधानी पोखराबाट समेत पत्रिका प्रकाशनका साथै वित्तीय कारोबार गर्ने तयारी गरेको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्