१४ बैशाख २०८१, शुक्रबार

 

ताराखोलाको शक्ति गाउँ एक उत्पादन अनेक

नेपालमा ७ सय ५३ वटा स्थानीय सरकार छन् । भूगोल, जनसंख्या र सरकारी संयन्त्रले सहित उनीहरु काम गर्न स्वतन्त्र छन् । ती मध्येको बागलुङको ताराखोला गाउ“पालिका पनि एक हो ।

सिंहदरवारले दुरदराजमा आ“खा पु¥याउन सकेन, बिकासमा बिभेद ग¥यो भनेर राज्य संघिय संरचनामा देश मोडिएको थियो । संघियतामा गैसकेपछि पहिलो पटक ताराखोलाले बिकासमा फट्को मारेको छ । जनप्रतिनिधि र कर्मचारी समेत मिलेर काम गर्दाको सफलता पाउन सक्ने उदाहरण बन्दै ताराखोलाले एक गाउ“ अनेक उत्पादनको नाम दिन थालिसकेको हो । विशेषगरी युवा रोजगारीका लागि समेत यस्ता उत्पादन बढी उपयोगी छन् ।

भूगोल र वातावरणको हिसावले यो गाउपालिका बिशेष क्षेत्र पनि हो । यहा एउटा मात्र हैन, दर्जन बस्तु र कृषि फसल उत्पादन हुन्छन् । ती उत्पादन बजार पठाएर उचित मूल्य पाउदा समृद्ध गाउपालिका बन्न सक्ने संभावना छ भन्छन् गाउपालिका अध्यक्ष प्रकाश घर्ती । सशष्त्र जनयुद्धमा भूमिगत र जनसेनामा सक्रिय घर्ती यो गाउपालिकाका अध्यक्ष हुन् । उनको सोच र जनताको मेहेनतले यो समृद्धिको बाटोमा हिड्न थालिसकेको गाउ“पालिका बनेको छ ।

युद्धकलाबाट आएका घर्तीले अध्यक्ष भएपछि गाउ“पालिकालाई पनि युद्धस्तरमै परिवर्तन गर्न खोजेका छन् । पहिलो आर्थिक बर्षभित्र २० लाख राजश्व संकलन गरेका घर्ती ५ बर्षभित्र आत्म निर्भर बनाउने योजनामा छन् । त्यसकालागि गाउ“मै बसेर दिर्घकालिन र तात्कालिक योजना बनाउने र कार्यान्वयन गर्नेमा उनी व्यस्त छन् ।

कृषिको बढी संभावना भएकोले उनले ७ हजार हेक्टर जमिनमा व्यवसायिक अलैंची खेतीकालागि किसानलाई अगाडि सारेका छन् । अहिले गाउमै अलैचीको बीउ उमारिएको छ । यस अघिपनि झण्डै २ हजार हेक्टरमा अलैची उत्पादन भैरहेको थियो । त्यसलाई व्यवसायिक बनाएर बजारसग जोड्ने उनको लक्ष हो । पूर्वको संखुवासभा देखि आएका विज्ञ टोलीले पनि अलैची उत्पादन गरिरहेका छन् ताराखोलामा । पशुपालन, आलुखेती बिस्तार गाउ“पालिकाको अर्को योजना हो । ताराखोलाको आलु धौलागिरी अञ्चलभर प्रख्यात छ ।

जिल्लाको कुल उत्पादनको आधा यहाफलाउने लक्ष छ । जिल्लामा ४० हजार मेट्रिकटन आलु फलेको रेकर्ड छ । त्यसको झण्डै ३० प्रतिशत अहिले फलेको छ भने ४ बर्षपछि ५० प्रतिशत पु¥याउने लक्ष छ । रिजालचोक देखि ताराखोला हु“दै म्याग्दी जोड्ने शहिद मार्ग पक्की बनाउने योजना सफल भएमा उत्पादनको ढुवानी सहज हुने घर्तीको विश्वास छ । हाल यो सडक स्तरउन्नती गर्न झण्डै २ करोड लगानी भएको छ ।

घरेलु उद्योगहरु यहा दर्जनबढी स्थापना भैसकेका छन् । नेपाली हाते कागजका लागि युवाहरुले काम थालेका छन् । उत्पादीत कागज एक जिल्ला एक उत्पादन अन्र्तगत उद्योग बाणिज्य संघले खरिद गर्ने सम्झौता गरेको छ । ‘बजारको खोजी गर्न नपरेपछि खुसीसाथ काम गरिरहेका छौं’ तुलसी घर्तीमगरले भने, ‘उत्पादन बढाउन सकियो भने जति पनि विक्री हुन्छ ।’

ताराखोलाको डुडेलेक सामुदायिक वन कागजका लागि लोकता संकलन गर्ने मुख्य स्थान हो । सामुदायिक वनहरुमै पाईने चाल्ने सिस्नो (अल्लो) अर्को महत्वपूर्ण उत्पादन भएको छ । दशकदेखि उत्पादीत अल्लोलाई गाउ“पालिकाले प्रशोधन र बजारीकरणको अभियानमा सहयोग गरेको छ । केही गैरसरकारी संस्थाले तालिम र प्रविधिमा पनि सहयोग गरेका छन् । अल्लोबाट नेपालमै पहिलो पटक जुत्ता उत्पादन गर्ने उद्यमी पनि ताराखोलामा छन् । धागो कात्ने काम सगै पच्छ्यौरा, स्विटर, शल, झोला र अन्य सामाग्री बनाउने अभियानमा ताराखोलाका ३० जनाबढी महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

अन्तराष्ट्रिय बजारमा पनि अल्लो धागो र कपडाको माग छ । मगर समुदायलाई देवी देवताको पूजा गर्दा, कुल पितृको काम गर्दा नभई नहुने भाङग्रो यहाका उद्यमी महिलाले बनाउछन् । धेरै समय लागेपनि राम्रो कमाइ समेत गर्न सकिने भएकोले भाङग्रो बनाउने काममा पनि १४ महिलाले रोजगारी पाएका छन् । उनीहरुको उत्पादन बेच्न बजार जानु पर्दैन । घरबाटै प्रति गोटा ४ हजार देखि ५ हजार रुपैय सम्ममा विक्री हुन्छ ।

घरघरमा उद्यमी बनाउन झण्डै एकसय महिला ढाका बुनाई अभियानमा लागेका छन् । उनीहरुको उत्पादन सदरमुकाम र पोखराका बजारमा बिक्री हुन्छन् । गाउपालिकाले हाते मेसिन खरिद र तालिम संचालनमा सहयोग गरेको छ ।

ताराखोलामै दर्जनबढी ढुंगाखानी छन् । पोखरा, बुटवल र अन्य शहरी क्षेत्रका घरमा आर्कषक बनाएर टासिएका टायल र ढुंगा ताराखोले हुन् । दैनिक ताराखोलाबाटै दुइ देखि तीनवटा ट्रयाक्टरले ढुंगा निकासी गर्छ । त्यसको रोयल्टी गाउपालिकाले संकलन गर्छ । केही खानी दर्तामा झण्झट भएका छन् । खानी तथा भूगर्भ विभागमा दर्ता गर्नुपर्ने, वन मन्त्रालय लगायतले रोक लगाउने कामले झण्झट व्यहोरेको ताराखोलाकै धनबहादुर बिकले बताए । ताराखोला चिसो पानीको मुहान हो ।

झण्डै २ हजार ३ सय मीटर देखि ३ हजार मीटर सम्म उचाई भएकोले ट्राउट माछाको संभावना छ । त्यसैले स्थानीयले डेढलाख माछा पाल्ने र हरेक बर्ष १ लाख भुरा उत्पादन गर्ने लक्षले माछा पालन शुरु भैसकेको छ । ५० लाख लगानीमा शुरु भएको फर्मलाई लक्षमा पुग्न १ करोड लगानी गर्नुपर्ने व्यवसायी दिपा रोकाले बताईन् । यहा आर्कषक रेष्टुरेन्ट र वनभोज स्थल निर्माण गर्ने योजना पनि छ ।

गाउपालिकाले आलु र अलैचीको जोन तथा लसुन र किवीको पकेट बनाउन पूर्वाधार, उत्पादन र प्रविधिको जोहो गरेको छ । किसानहरु पनि त्यस्ता उत्पादनमा आर्कषित छन् । मुला, साग, भट्टमास र अन्य गेडागुडीको उत्पादनमा पनि ताराखोला अब्बल छ । सिंचाईका लागि पानीको उपलब्धता प्रसस्त छ । केही आयोजना संचालन गरेर खेतबारीमा पानी लैजाने काम गाउपालिकाले बनाउ“दै छ । घुस्मेलीमा पक्की मोटरेवल पुल निर्माणको काम शुरु भएको छ ।

गाउ बिकासको दिर्घकालिन योजना सहित पाश्र्वचित्र तयार भैसक्यो । स्थानीय लगानीमै यहा साढे दुइ मेगावाटको विद्युत उत्पादन भएको छ । लगानी पाएमा १० मेगावाट सम्म गाउमै विद्युत उत्पादन गर्न सकिने गरी सर्भे गरिएको छ । फागुन मसान्त भित्रै उत्पादन हुने ताराखोला सामुदायिक विद्युत अन्तिम चरणमा छ । यो विद्युतले उज्यालो गाउपालिका बन्नेछ । जडिवुटी, काठ र स्थानीय अन्य उत्पादनको निकासीमा पनि करको दायरा तोकिएको छ ।

पर्यटकीय दृष्टीले आर्कषक मानिएको गाईघाट झरनामा प्रति व्यक्ति ३० रुपैया टिकट काटेर मात्र हेर्न पाउने व्यवस्था शुरु भएको छ । खोलाको झरनालाई शुल्क तिरेर हेर्ने व्वस्था गरिएको यो नेपालकै पहिलो हो । सामुदायिक विद्यालयको शिक्षालाई नियमित र गुणस्तरयुक्त बनाएर नीजि बिस्थापित गर्ने योजना शुरु भएको छ । ताराखोलामा रसायनिक मल भित्रन छाडेको ५बर्ष भैसक्यो । त्यसैले हरेकको रोजाईमा ताराखोलाको उत्पादन पर्न थालेको छ । भकारो सुधार गरेर पशुको पिशाव संकलन समेत गरेका छौं, त्यसबाटै किटाणु मार्न प्रयोग गरेको किसानले बताए ।
ताराखोलाका कुनैपनि घरमा जस्तापाता प्रयोग गर्न पाइदैन ।

स्थानीय खानीका ढुंगाबाटै घर छाएका छन् । बोडी, सिमी, राजमा, च्याउ, कर्कलो, मुलाको धजरा, टिमुर, मरिच, सिस्नोको धुलो, जिम्बु, जौ र स्थानीय चामल ताराखोलाका उत्पादन हुन् । परंपरागत रुपमा डोको, नाम्लो, राडीपाखी लगायतका सामाग्री पनि गाउ“लेले बनाएर विक्रि गरिरहेका छन् । सास्कृतिक रुपमा धनी यो गाउ“मा सिस्नोखोस्ने पर्व र भुस पोल्ने पर्व चर्चित छन् । मगर समुदायले मनाउने यी दुवै पर्व नेपालभरमा यहींका मगरले संरक्षण गरेर राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्