ताजा समाचार

सहकारी

सहकारीसंगको साझेदारीमा प्रदेशस्तरीय अन्तरकृया सम्पन्न

  बागलुङ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग नर्सिङ तथा समाजिक सुरक्षा महाशाखाको आयोजना तथा राष्ट्रिय सहकारी महासंघ नेपाल र जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङको समन्वयमा बागलुङ बजारमा आईतबार सहकारीसंगको साझेदारीमा प्रदेश स्तरीय एक दिने अन्तकृया कार्यक्रम सम्पन्न भएको छ । संविधानमा स्वास्थ्य तथा सहकारीका विषयमा व्यवस्था भएका ऐन कानुनका बुँदाहरुलाई प्रष्ट पार्ने, सर्ने र नसर्ने रोगहरुको बारेमा जानकारी तथा रोगको व्यवस्थापन, स्वास्थ्य क्षेत्र र सहकारी विचका अनुभव आदान प्रदान र स्वास्थ्य क्षेत्र र सहकारी बीचको… पुरा पढौ

म्याग्दीमा सहकारी शिक्षाबारे प्रशिक्षण

म्याग्दी । विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दी बेनीको आयोजनामा सञ्चालित शेयर सदस्य र सञ्चालकहरुका लागि २ दिने सहकारी शिक्षा तालिम  सम्पन्न भएको छ । सञ्चालकहरुलाई थप जिम्मेवार बनाउन, शेयर सदस्यहरुलाई सक्रियताका साथ कारोबारमा सहभागी गराई संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ । तालिम समापनका क्रममा संस्थाका सञ्चालकहरुले सहकारी ऐनको मर्म र भावना अनुसार सहकारी प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सहकारी ऐनले उल्लेख गरेको विषयलाई कार्यान्वयन गरेर म्याग्दी जिल्लाकै उत्कृष्ट… पुरा पढौ

आर्थिक रुपमा सवल भएमात्र नारी सशक्तिकरण संभव

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा महिला सशक्तिकरण र समावेशिता विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै महिला आर्थिक र रुपमा सवल भएमात्र महिला  सशक्तिकरण आन्दोलदन अघि बढ्ने बताईन् । सहकारी विकासका लागि  जग्गा एकिकरण गरेर सामुहिक खेती गर्न सहकारीले भूमिका खेल्नु पर्ने उनको धारणा छ । उनले भनिन्‘ओल्लो, पल्लो, तल्लो सबै जग्गा एकिकरण गरेर सामुहिक खेती गर्न सहकारीले भूमिका खेल्नुपर्छ । सहुलियत, औजार र अनुदान दिने काम राज्यले गर्छ ।’अहिले अनुदानका कार्यक्रमबाट आफु समेत सन्तुष्ट नभएको… पुरा पढौ

हेलिकप्टर दुर्घटनामा परी निधन भएकाहरुप्रति आदर्श सञ्चारको श्रद्धाञ्जली

  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहित हेलिकप्टर दुर्घटनामा परी निधन भएकाहरुप्रति आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले श्रद्धाञ्जली व्यक्त गरेको छ । संस्थाको बिहीवार सम्पन्न सञ्चालक समितिको वैठकले हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति ऋद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । देश चलाउने नेता, सुरक्षाकर्मी, कर्मचारी र व्यवसायीहरुको निधनले देशलाई अपुरणीय क्षति भएको भन्दै वैठकले दुर्घटना न्यूनिकरणका लागि सचेत गराएको छ । संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी. (अञ्जु) को अध्यक्षतामा बसेको वैठकले हेलिकप्टर दुर्घटनाको छानविन… पुरा पढौ

सहकारी विज्ञ प्रधानाङ्गलााई सहकारी अभियन्ता सम्मान

सहकारीको विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङ्गलाई राष्ट्रिय सहकारी बैंक लिमिटेडले सम्मान गरेको छ । १५ औं वार्षिक साधारणसभामा घोषणा भए अनुसार मंगलवार प्रधानाङ्गलाई सहकारी अभियान्ता सम्मानबाट सम्मान गरिएको हो । भक्तपुरको नगदेश स्थित सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत रहनु भएका प्रधानाङ्गलाई बैंकका अध्यक्ष, लेखा संयोजक, सञ्चालकहरु, लेखा सदस्यहरु, प्रमुख कार्यकारी प्रमुख, ठिमी शाखाका प्रमुख लगायतको टोलीले उहाँको संस्थामै पुगेर सम्मान गरेको हो । बैंकले हरेक साधारणसभामा… पुरा पढौ

गुहेली सञ्चार सहकारीको सहकारी सचेतना

सुवास गौतम राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले सहकारी मार्फत समाज रुपान्तरणका लागि ऐन कानुनसंगै पूर्वाधार र प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको छ । काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरास्थित गुहेली सञ्चार सहकारी संथा लिमिटेडले शुक्रवार आयोजना गरेको सम्पत्ती शुद्धिकरण सम्बन्धी सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।  सहकारीलाई प्रभावकारी बनाउन विभिन्न खालका प्रविधिहरुको प्रयोग हुन थालेको भन्दै उहाँले प्रविधिमा आएको परिवर्तनलाई उपयोग गरी सदस्यहरुको जीवनस्तरमा परिवर्तन ल्याउने खालका कार्यक्रम बनाएर… पुरा पढौ

सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न

उद्यमी युवा महिलाहरुका लागि मोदी गाउउँपालिका वडा नं. ६ डिमुवामा सञ्चालित ३ दिने सहकारी लेखा व्यवस्थापन तालिम बुधवार सम्पन्न भएको छ । इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत सञ्चालित तालिममा मोदी गाउँपालिका वडा नं. ६, ७ र ८ का २० जना उद्यमी किशोरीहरुको सहभागिता रहेको थियो । कुखुरापालन, तरकारी खेती लगायतका क्षेत्रमा क्रियाशिल भई उद्यमशिल बनेका किशोरीहरुलाई सहकारीमा आवद्ध गराई संस्थागत रुपमा अगाडि बढाउनका लागि तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।… पुरा पढौ

कोपोमीस सम्वन्धी अभिमुखीकरण

नेपाल सरकार भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभागको आर्थिक सहयोग, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको आयोजना तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको संयोजनमा बुधबार बागलुङ बजारमा सहकारी तथा गरिवी व्यवस्थापन सुचना प्रणाली कोपोमीस सम्वन्धि १ दिने अभिमुखीकरण सम्पन्न भएको छ । नेपालको सहकारी तथा गरिबको अवस्थाबारे जानकारी राख्ने तथा सहकारी सम्वन्धि आधुनीक सूचना व्यवस्थापन प्रणालीलाई कार्यान्वयनमा ल्याउने उद्देश्यले नेपाल सरकार भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले कोपोमिस नामक अनलाईन… पुरा पढौ

आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा तथा राहत रकम हस्तान्तरण

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलङले शेयर सदस्य दिपक गौतममा पिता तथा बिमल गौतमका हजुरबुबाको निधनप्रति दुख व्यक्त गर्दै मंगलबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।  बागलुङ नगरपालिका वडा नं. ३ निवासी बालानन्द गौतमको माघ ६ गते ८५ वर्षको उमेरमा निधन भएको थियो ।  निधन भएको १० औं दिनको पुण्य तिथि पारेर आदर्र्श सञ्चार सहकारीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।   संस्थाका… पुरा पढौ

आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा सभा तथा राहत रकम हस्तान्तरण

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलङले शेयर सदस्य धरणीधर सापकोटाका पिताको निधनप्रति दुख व्यक्त गर्दै शनिवार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।  संस्थाका शेयर सदस्य सापकोटाका पिता बागलुङ नगरपालिका वडा नं. ५ मालिका निवारी नारायणदास सापकोटाको पुस ३० गते निधन भएको हो ।  शेयर सदस्य सापकोटाका पिताको निधन भएको १३ औं दिनको पूण्य तिथि पारेर आदर्र्श सञ्चार सहकारीले शनिवार श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको… पुरा पढौ