ताजा समाचार

नारी संसार

निर्मला प्रकरण : १० लाख बुझाउन नसके विष्टलाई कारागार पठाउनु

कञ्चनपुर । निर्मला पन्त हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट र यातना दिएको अभियोग लागेका तत्कालिन एसपी दिल्लीराज विष्टलाई जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यातना कसुरमा ६ लाख र प्रमाण नष्टमा साढे ४ लाख धरौटीमा छाड्न जिल्ला अदालतले आइतबार आदेश दिएको हो । १० लाख धरौटी बझाउन नसके विष्टलाइ  कारगार पठाउन आदेश दिएको हाे । गत मंगलबार अदालतमा उपस्थित भएका विष्टको बुधबार र शुक्रबार थुनछेक बहस भएको थियो । यसअघि अदालतमा उपस्थित भएका… पुरा पढौ

आगोमा जलेर बनारसीदेवीको मृत्यु

लहान । सिरहाको कल्याणपुर नगरपालिका–७ मा आज बिहान भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । बिहान अचानक घरमा सल्केको आगोमा परी ६५ वर्षीया बनारसीदेवी सदाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घरभित्रै सुतिरहेकी बनारसीदेवीको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । सो आगलागीबाट सदाको घर पूर्णरुपमा जलेर नष्ट हुँदा करीब एक लाख मूल्य बराबरको क्षति भएको जनाइएको छ । सामानसहित मोटरसाइकल नियन्त्रणमा प्रहरीले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ बाट करीब रु दुई लाख मूल्य बराबरको अवैध… पुरा पढौ

पाकिस्तानी अमानालाई छोडेर सुदिन किन गए पोर्चुगल ?

काठमाडौं । पाकिस्तानी युवती अमानासँग विवाह गरेर एकाएक चर्चामा आएका बागलुङ नगरपालिका १२ अमलाचौरका सुदिन आचार्य वैदेशिक रोजगारीका लागि पोर्चुगल उडेका छन् । बिहीबार बिहान सुदिन रोजगारीको शिलशिलमा त्यसतर्फ गएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म छाड्नका लागि उनकी पत्नी अमाना सफिक र दाजु आएका थिए । विमानस्थलमका कुरा गर्दै सुदिनले आफ्नो प्रेमी अमानलाई छाडेर जादाँ दुख लागेको प्रतिक्रया दिए । सबै नेपालीले हाम्रो मिलन भएकाे थाहा पाइसकेका छन्,  फेरी आफ्नो करियर बनाउन पर्यो अमाना भनिन्   मन नभइकन पनि सुदिनलाइ बिदा गर्नुपर्ने… पुरा पढौ

सांसद चौधरी अन्य विद्यार्थीसँग प्रतिस्पर्धा गर्दै !

घोराही । प्रतिनिधिसभा सदस्य शान्ता चौधरी यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै छिन् । गत २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन् । अनि खुला विद्यालयमा भर्ना भइन् । उनी यस पटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसर्इर्इको परीक्षा दिँदै छिन । “यसपालि त म… पुरा पढौ

जो पशुपतिकाे डस्टबिनमा भेटिएका थिए

काठमाडौं । करिब ७ महिनाअघि पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिए। छिनमै खबर फैलियो। त्यसको सुइँको ‘नेपाल स्नेही काख’ नामक संस्थाले पनि पायो । र, बच्चाको अवस्था बुझ्न संस्थाको टोली पशुपति पुग्यो । डस्टबिनमा भेटिएको बालक करिब २० दिनका जस्ता देखिन्थे । ‘शरीर पूरै कालो बनेको थियो। रगत जमेजस्तो। आँखाबाहिरै निस्किएका थिए’, स्नेही काखकी संस्थापक अध्यक्ष नेहा पोखरेलले भनिन् । मानसिक सन्तुलन बिग्रिएर सडकमा पुगेका व्यक्ति तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले डस्टबिनमा भेटिएका बालकको संरक्षण गर्न… पुरा पढौ

व्यवसायसँगै समाजसेवामा सक्रिय श्रेष्ठ

जस्तो सोच्यो, उस्तै हुन्छ उल्लेखित पंक्ति सबैको जिवनमा मेल खान्छ भन्ने छैन् । तर जसले जिन्दगीलाई सहज ढंगले लिन्छ उसको जिन्दगीमा उल्लेखित भनाइ मेल खान सक्छन् । सरल,सहज र मिजासकी धनी बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौकी उपाध्यक्ष रसुमिला श्रेष्ठ जिवनमा सकारात्मक सोचले उत्साह पैदा गर्ने बताउँछिन् । व्यापार व्यवसायसंगै सामाजिक सेवालाई उनले निरन्तरता दिइरहेकी छन् । सामाजिक सेवामा समर्पित श्रेष्ठ राजधानीको वटुको आफ्नो व्यापार छ । पछिल्ला दिनमा समाज सेवामा सक्रिया भैरहदा आफ्ना स्वामित्वको व्यवसाय सन्तानलाई बिरासत थमाउदै समाज सेवामा… पुरा पढौ

महिला हिंसा अन्त्य नभएसम्म सामाजिक परिवर्तन असम्भव

कमल पौडेल बागलुङ । १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला तथा वालवालिका शसक्तिकरण केन्द्र बडिगाडको आयोजनामा "सामाजिक विकासमा महिलाको भूमिका" विषयक वक्तृत्व कला प्रतियोगीता सम्पन्न भएको छ। प्रत्येक वडाबाट एक/एक जना महिला सहभागि रहेको प्रतियोगीतामा वडा नं. २, खर्वाङकी गिता पोखरेल प्रथम, वडा नं. ६ खालकी रिता के.सि. द्धितिय तथा वडा नं. ३ शिसाखानीकी सरिता रोका भुजेल तृतिय भएकी छन् । कायक्रम उद्घाटन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले घरभित्रको उत्पिडनबाट महिला बाहिर निस्कन सक्ने वातावरण नभएसम्म सामाजिक… पुरा पढौ

ब्रिटेनबाट भागेकी शमिमा बेगमको नवजात छोराको सिरियामा मृत्यु

ब्रिटेनबाट भागेर इस्लामिक स्टेट आईएस प्रवेश गरेकी शमिमा बेगमका नवजात छोरा जराहले सिरियामा ज्यान गुमाएका छन्।३ साता भन्दा कम उमेरका ति शिशुलाई निमोनियाको संक्रमण भएको बताइएको छ।यसअघि कुर्द लडाकुहरुको एउटा सैन्य क्याम्पमा देखा पर्दा उनी गर्भवती थिइन्।उनले बच्चा जन्माउन आफू ब्रिटेन फर्कन चाहेको बताएकी थिइन्। तर, ब्रिटेन सरकारले भने उनको नागरिकता रद्द गरिदिएको थियो। बीबीसीले उत्तर पूर्वी सिरियामा नियन्त्रण राख्ने अमेरिका समर्थित सिरियन डेमोक्रयाटिक फोर्सेस (एसडिएफ) र उनी बसिरहेको सिरियाली शरणार्थी शिविरका चिकित्सकहरुसँग सम्पर्क गरेर शमिमाको नवजात छोराको मृत्यु पुष्टि… पुरा पढौ

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा बागलुडमा बृहत र्याली

बागलुड ।१०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बागलुडमा बृहत र्याली आयोजना गरिएको छ ।उक्त र्यालीमा महिला अधिकार र उत्पीडन विरुद्ध शसक्त नारा लगाइएको थियो ।उक्त कार्यक्रममा बागलुड नगरपालिकाको मेयर जनक राज पौडेलले देशको विकासमा महिलाहरुको शक्ति ,मेहनत र लगनशिलतालाई प्रयोग गर्नुृ पर्ने विचार व्यक्त गरेका थिए । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल, नेपाल महिला संघ बागलुुडको सचिव उषा पौडेल ,अखिल नेपाल महिला सघं प्रगतिशिलका अध्यक्ष मञ्जु क्षेत्री ,अखिल नेपाल महिला सघंका अध्यक्ष यमुना राना ,चेलीबेटी संरक्षण… पुरा पढौ

काइली जेनर: २१ वर्षमै अर्बपति, फेसबुकका मार्क जुकर्बर्गको कीर्तिमान भङ्ग

अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन्।फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्। उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो।उनी चर्चित कार्ड्याशियन परिवारकी सदस्य हुन्।एक्काइस वर्षमै अर्बपतिको सूचीमा पर्दा उनले फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई पनि उछिनेकी छन्।। कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए। जेनरले फोर्ब्सलाई भनिन्, "मैले यस्तो केही… पुरा पढौ