१५ बैशाख २०८१, शनिबार

 

रोटरी क्लब अफ ज्ञानेश्वरद्वारा आश्रमलाई सरसफाईको सामान र औषधी सहयोग

काठमाडौं । ११४ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा रोटरी क्लब अफ ज्ञानेश्वरले मानव सेवा आश्रम काठमाडौं शाखालाई शुक्रबार सरसफाईका सामान र औषधी प्रदान गरेको छ ।

रोटरी क्लब अफ ज्ञानेश्वरकी संस्थापक अध्यक्ष रसुमिला श्रेष्ठ, अध्यक्ष लेलिना भट्टराईले मानव सेवा आश्रमकी काठमाडौं शाखाकी सदस्य अन्जलि महतोलाई सरसफाईको सामान र औषधी हस्तान्तरण गरेकी छिन् ।

क्लबले २० हजार बराबरको सामान उपलब्ध गराएको हो । क्लबको तर्फबाट आश्रमलाई भविष्यमा पनि नियमित सहयोग गर्दै रहने रोटरी क्लब अफ ज्ञानेश्वरकी संस्थापक अध्यक्ष रसुमिला श्रेष्ठले बताइन् ।

रोटरी क्लब अफ ज्ञानेश्वरले क्लबको सदस्यहरुको नेतृत्वको विकासका साथै जनस्वास्थ्य, शिक्षा, सामाजिक र मानविय क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्