१५ बैशाख २०८१, शनिबार

 

बागलुङको निसीखोलामा १४ वर्षीय बालिकालाई गर्भवती बनाएर एक युवा फरार, प्रहरीमा जाहेरी दर्ता

बागलुङ । बागलुङका निसीखोला गाउँपालिका – ३ झिवाखोलाकी १४ वर्षीय बालिकालाई करणी गरी गर्भवती बनाएर एक युवा फरार भएका छन्।

निसीखोला गाउँपालिका १ देवीस्थान खारा बजारका करिव ३० वर्षीय विजय शाही फरार भएका हुन् । गर्भपत गराउने प्रयास असफल भएपछि शाही फरार भएको जनाइएको छ । बालिकालाई सुत्केरी व्यथा लागेपछि हिजो धौलागिरि अस्पतालमा भर्ना गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्तीले जानकारी दिनु भयो ।

उपाध्यक्ष घर्तीकै पहलमा बालिकालाई बिहीबार धौलागिरि अस्पतालमा भर्ना गरिएको छ । पीडित बालिकाकी आमाले शुक्रबार जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दिएका छन् ।

बालिकालाई करणी गरी गर्भवती बनाएर युवक फरार रहेको विषयमा प्रहरी कार्यलयमा जाहेरी दर्ता भएकोले अदालतबाट पक्राउ अनुमति लिएर पक्राउको प्रकिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले नयाँ विश्व बताउनु भयो ।

परिवारले १ डेढ महिना पहिला घटनाबारे थाहा पाएपनि पीडक पक्षकले गाउँमै मिलाउन प्रयास गरेको कारण घटना ढिलो गरि बाहिर आएको कँडेलले बताउनु भयो ।

युवाका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा आज जबरजस्ती करणीको मुद्दा दर्ता भएकाले आवश्यक कानुनी प्रक्रिया अगाडी बढेको प्रहरी उपरिक्षक कँडेलले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्