ताजा समाचार

समाज

प्रधानमन्त्री कार्यालयकाे निर्देशनपछि बागलुङका पुस्तक पसलमा प्रशासनको अनुगमन

बागलुङ । हिन्दुहरुको पौराणिक कथामा आधारित पुस्तक स्वस्थानी ब्रत कथाको पुस्तकमा यशु क्रिष्टको विज्ञापन गरेको पाइएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पुस्तक अनुगमन गर्न निर्देशन दिएपछि बागलुङमा रहेको पुस्तक पसलहरुको अनुगमन गरिएको छ। पछिल्ला दिनहरुमा गरिबी तथा विपन्न बस्तीका समुदाय केन्द्रित गरी परम्परागत धर्ममा प्रहार हुनेगरी धर्म परिवर्तनका गतिविधी सक्रिय पारिएपछि गोप्य सुचनाका आधारमा प्रम कार्यालयले यस्तो निर्देशन गरेको जानकारी हुन आएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारमा रहेका पुस्तक पसलहरुको अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जानकारी दिए।… पुरा पढौ

स्थानीय श्रम र सीप नै गाउँपालिकाको विकासको आधारःथापा

अमरबहादुर थापा, अध्यक्ष (काठेखोला गाउँपालिका) बागलुङको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापा गाउँपालिकाको विकासका दत्तचित्त छन् । उनको सपना छ, पालिकालाई आत्मनिर्भर बनाउने । साथै आफ्नो कार्यकाललाई विकास र समृद्धीको जग बसाउने उनको सपना छ । निर्वाचनका क्रममा गरेका बाचासँगै उनले गाउँपालिकामा समाजिक सुरक्षालाई ध्यान दिदै आएका छन् । आमा सुरक्षा कार्यक्रम, काठका विद्युतीय पोल विस्थापन, गरिब विपन्न परिवारलाई स्वास्थ्य बिमा कार्यक्रम, एक वडा एक उत्पादन कार्यक्रमलाई सफल तुल्याउन उनी लागि परेका छन् । भौगोलिक हिसाबले दुर्गम मानिएको काठेखोला आफैमा राजनैतिक… पुरा पढौ

शेरचनकाे कोसेली जन्मगाउँलाई चुल्हो

बागलुङ  । बागलुङको तमानखोला गाउँपालिका वडा नम्वर ५ र ६ का करिव ५ सय घर परिवारलाई  फलामे आधुनिक सुधारिएको चुल्हो वितरण गरिने भएको छ । पोखरा वस्दै आएकी स्थानीय झककुमारी शेरचनले जन्मगाउँकाे संभफनामा दुई वडाका करिव ५ सय परिवारलाई अागाे बाल्ने चुल्हो वितरण गर्न लागेकी हुन् । सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएको समृद्ध नेपाल बागलुङ नामक संस्थाका अध्यक्ष शेरचनले तमानखोला गाउपालिका वडा नम्वर ५ खुङखानी र वडा नम्वर ६ नर्जाखानीका सवै स्थानीयलाई चुल्लो वितरण अभियान सुरु भएको वताइन्… पुरा पढौ

बागलुङ पत्रकार महासंघले ६४औँ स्थापना दिवस मनाउने

बागलुङ । नेपाल पत्रकार महासघ बागलुङ ६४औँ स्थापना दिसव दुई दिवसीय कार्यक्रम सहित मनाउने भएको छ । पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षतमा सोमबार बसेको बैठकले चैत्र १६ गतेको स्थापना दिवस रचनात्मक कार्यक्रम गरी मनाउने निर्णय गरेको हो। दिवसको अवसरमा चैत्र १५ गते जिल्लाका अग्रज पत्रकारहरु सँग पत्रकारिताका उपलब्धी र कमजोरीका जोखिमपूर्ण प्रेरणादायक प्रसंगका बारेमा अन्र्तक्रिया, १६ गते प्रभातफेरि सहित पत्रकारको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गर्ने निर्णय भएको सचिव राम थापा ‘अविरल’ले जानकारी गराए ।  नेपाल पत्रकार महासंघको २०१२ चैत… पुरा पढौ

प्रहरी जवानको मृत्यु

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली जोशीपुरका ३० वर्षीय प्रहरी जवान रामबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए । कैलालीबाट दाङतर्फ जाँदै गरेको रा ३ प २५४६ नं को मोटरसाइकल आज बिहान पूर्व–पश्चिम राजमार्गको राप्ती सोनारी गाउँपालिकास्थित शम्शेरगञ्ज नजिक दुर्घटना हुँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । दाङमा कार्यरत प्रहरी जवान चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित… पुरा पढौ

गलकोटमा बसपार्क नहुदाँ सडकमा पार्किङ

बागलुङ । गलकोट नगरपालिकामा व्यवस्थित बसपार्क नहुदाँ सडकमै दोहोरो पार्किङ हुने गरेको छ । त्यसले गर्दा आगन्तुक तथा सर्वसाधरण नागरिकलाई समेत समस्या हुने गरेको छ । मध्यपहाडी लोकमार्गसँगैको गलकोट नगरपालिकामा विस्तारै सहरीकरण बढ्दो छ । यहाँ भएको पूर्वाधार विकाससँगै सवारी चाप पनि बढेको छ । बढ्दो सवारी चाप व्यवस्थापनका लागि यहाँ व्यवस्थित पार्किङस्थल छैन । नगरपालिकाको मुख्य केन्द्र रहेको हटिया बजारमा सार्वजनिक वा खरिद गर्ने जमिन समेत नपाएर बसपार्क बनाउन नसकेको गलकोट–३ का वडाध्यक्ष वीरजंग भण्डारीले बताए । सडकमै दोहोरो पार्किङले गर्दा यात्री र बटुवालाई सास्ती… पुरा पढौ

मुस्ताङमा सुख्खा पहिरोले, ८० घर जोखिममा

मुस्ताङ । सुख्खा पहिरो जाँदा मुस्ताङमा प्रथामिक स्वास्थ्य क्लिनिक भत्किएको छ । घरपझोङ गाउँपालिका १ छैरोस्थित तिब्बती शरणार्थी क्याम्पमा सुख्खा पहिरो गएको हो । पहिरोले क्याम्पमा संचालित प्राथमिक स्वास्थ्य केन्द्रको एक भवन भत्किएको छ । करिब ८० घर पहिरोको जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार कालीगण्डकी नदी किनारबाट सोमबार रातिदेखि पहिरो जान थालेको हो। पहिरो तत्काल नियन्त्रण गर्न सकिने अवस्था नरहेकाे  उनले बताए । उनले भने, ’गाउँ पुग्ने ५० मिटर बाटो… पुरा पढौ

निसीखोला विधुत आयोजनाद्धारा ३ दिने व्यवस्थापन तालिम

बागलुङ– निसीखोला दोश्रो लघुजलविधुत आयोजनाको आयोजना, बैकल्पिक उर्जा प्रवन्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा आजदेखि निसीखोला गाउँपालिका ४ स्थित निसीखोला दोश्रो जलविधुत आयोजनाको कार्यालयमा ३ दिने कम्युटराईज विलिङ तथा लेखा व्यवस्थापन तालिम संचालन भएको छ । जलविधुत आयोजनालाई व्यवस्थित एवम चुस्त दुरूस्त राख्नका निम्ती तालिमले सहयोग पुर्याउने अपेक्षा गरीएको छ । आयोजित तालिममा बागलुङ जिल्लाका विभिन्न ६ जलजिवधुत आयोजनाका व्यवस्थापक एवंम सचिवको सहभागिता रहेको छ । तालिम उद्धघाटन सत्रको कार्यक्रममा प्रमुख अतिथीको ?पमा रहनु भएका निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बोल्दै… पुरा पढौ

पर्वतमा पहिलोपटक सडक खाना महोत्सव हुने

पर्वत। जिल्लामा पहिलो पटक सडक खाना महोत्सवको आयोजना हुने भएको छ ।  नयाँ बषार्यकाे अवसर पारेर चैत्र ३० देखि बैशाख २ गतेसम्म चल्नेगरी सडक खाना महोत्सव गर्न लागिएकाे हो । 'सडकमा खाउँ र सडकमै रमाउँ' भन्ने नाराका साथ नयाँ वर्ष २०७६को अवसरपारी उक्त महोत्सव आयोजना गर्न लागेको जेसिसका अध्यक्ष मोहोन आर्चायले बताए । सडक खाना महोत्सवमा  २५ हजारसम्म पर्यटक भित्राउने लक्ष्य राखिएको छ । महोत्सव सम्पन्न गर्न २४ लाख ३० हजार खर्च हुने अनुमान गरिएको छ । नेपालकै अग्ला चार वटा… पुरा पढौ

करिब ८ कराेड लागतमा बागलुङ बसपार्क बन्ने

पर्वत । बागलुङमा करिब ८ कराेड रूपैयाँकाे लागतमा  नयाँ बसपार्क निर्माण हुने भएको छ । बागलुङ नगरपालिका ४ उपल्लाचौरमा नयाँ  निर्माण हुन लागेको बसपार्क लागि १७ रोपनी जग्गा स्थानीयबासीले निशुल्क प्रदान गरेका छन् । नगरविकास कोषसँग ऋण सम्झौतापछि बागलुङ नगरपालिकाले एक वर्षभित्रै बसपार्क बनाउने गरी आशिष फेवा संयुक्त निर्माण कम्पनीसँग सम्झौता समेत गरेको छ । गत महिनामा मात्रै उक्त कम्पनीसँग सम्झौता भएको नगरपालिकाले जनाएकाे छ । ७ करोड ६६ लाख ९९ हजार रुपैयाँको लागतमा एक वर्षभित्र काम सक्नेगरी सम्झौता गरी… पुरा पढौ