१९ बैशाख २०८१, बुधबार

 

मानवसेवा आश्रम बागलुङको आठौँ वार्षिकोत्सव तथा सामाजिक लेखा परीक्षण सार्वजनिक

बागलुङ । मानवसेवा आश्रम बागलुङको आठौँ वार्षिकोत्सव तथा सामाजिक लेखा परीक्षण सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।आश्रममा आयोजित ८ औँ वार्षिकोत्सव तथा सामाजिक लेखा परिक्षण सार्वजनिक कार्यक्रममा आयव्यय सार्वजनिक गरेको हो ।

परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने र साविकको धौलागिरि क्षेत्रका सडक पेटी तथा सार्वजनिक क्षेत्रमा रहेका नागरिकको उद्धार गरि सडक आश्रित मानव मुक्त जिल्ला बनाउने उद्देश्यले आश्रम २०७३ चैत्र २१ गते बागलुङमा मानव सेवा आश्रमको आठौँ शाखा स्थापना भएको थियो ।

सो अवसरमा आश्रम स्थापनापछि हालसम्म गरेका गतिविधि र आश्रम संचालनमा आएको खर्च सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७९,८० को आय व्ययबारे जानकारी दिदै आश्रमकी जिल्ला संयोजक विपना तामाङले आश्रम व्यवस्थापनका लागि विभिन्न संघसंस्था, सरकारी निकाय र व्यक्तिगत सहयोगबाट ४३ लाख सहयोग प्राप्त भएको जानकारी दिनु भयो ।

जसमध्ये दान तथा चन्दाबाट ४१ लाख ५९ हजार रुपैयाँ प्राप्त भएको तामाङले जानकारी दिनु भयो हो । आश्रम संचालनमा १८ लाख ११ हजार, प्रशासनिक खर्च ३ लाख ४ हजार, कार्यक्रम गर्न ६८ हजार र कर्मचारीका लागि ६ लाख ९६ हजार खर्च भएको तामाङले बताउनु भयो । मर्मत तथा सम्भार गर्न २७ हजार ५ सय र ह्रास कट्टीमा ४ लाख ९० हजार कटाइएको छ ।

आश्रितको औषधिमा २ लाख ६५ हजार, खानेपानीमा ११ हजार र सरसफाइमा १ लाख ६७ हजार खर्च भएको छ।आश्रमको बानपा ४ को निरयघाटमा बन्दै गरेको भवनका लागि भने छुट्टै हिसाब राखिएको र अहिलेसम्म यो भवन निर्माणमा १ करोड ८ लाख ९९ हजार रुपैयाँ सरकारी निकायबाट प्राप्त भएको देखिएको छ ।

सामाजिक विकास कार्यालयले ६१ लाख ६९ हजार लगानी गरेको हो । त्यसबाहेक ताराखोलाले ९ लाख ३६ हजार, बडिगाडले ९ लाख ३५ हजार, बरेङ गाउँपालिकाले ५ लाख ९१ हजार र बागलुङ नगरपालिकाले ६ लाख ५० हजार लगानी गरेको हो ।

त्यस्तै गलकोट नगरपालिकाले ३ लाख ७९ हजार, जैमिनी नगरपालिकाले १ लाख ४४ हजार, तमानखोला गाउँपालिकाले ९४ हजार, निसीखोलाले १ लाख लगानी गरेको हो । बेनी नगरपालिकाको ३ लाख ८९ हजार, रघुगंगा गाउँपालिकाले ४ लाख ९१ हजार र सामाजिक विकास कार्यालय म्याग्दीले ९ हजार ७ सय सहयोग गरेको हो । जिल्ला प्रहरी कार्यालय बागलुङबाट पनि ७ हजार ५ सय सहयोग आएको हो ।

हाल आश्रममा ७ बालबालिकासहित ५५ जना आश्रित छन् । उनीहरुको खाने खर्च दान चन्दाबाटै गरिएको हो । हालको आश्रममा अट्ने स्थान नभएकोले आश्रम छिटो सक्ने लक्ष्य राखिएको छ ।

वार्षिकोत्सवको अवसरमा बोल्दै बागलुङ नगरपालिका वडा नम्व्र १४ का अध्यक्ष चक्रबहादुर खत्रीले सडकमा अलपत्र अवस्थमा परेका असक्त, अपाङ्ग, असाहाय व्यक्तिको उद्धार गरी पुण्यको काम गरेको बताउनु भयो ।

पत्रकार महासंघ बागलुङका नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले मानव सेवा अश्रमको सडक मानव मुक्त अभियानमा सबैले सहयोग गर्नुपर्ने बताउनु भयो। मानव सेवा आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठको अध्यक्षता, शिवकला थापाको स्वागत र सरिता गौतमको संचालनमा सम्पन्न भएको थियो ।

आश्रमले बागलुङ नगरपालिका ४ निर्णयघाटमा निर्माण विभिन्न दाता तथा निकायबाट सहयोग जुटाएर ७७ सालबाट निर्णयघाटमा आफ्नै भवन निर्माण कार्य शुरु गरेको थियो ।करिब १२ करोडको लागत अनुमान रहेको भवन निर्माण कार्यमा हाल सम्म विभिन्न निकायबाट ३ करोड बढी सहयोग जुटाएर निर्माण कार्य भईरहेको छ ।

भवन निर्माणका लागि बागलुङ, म्याग्दी र पर्वतका स्थानिय तहसंगै विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग गरेको छन् ।उक्त भवन निर्माण भएपछि करिब २ सयदेखि ३ सय जनालाई आश्रय दिन सकिने छ ।सेवा स्थानको अभावका कारण सबै सहयोगापेक्षीको उद्धार गर्न नसकिएको, अस्थाई रुपमा संचालित आश्रम संचालनका लागि वर्षातमा असहज भएको लगायतका चुनौती रहेको छ ।

आश्रमले अहिलेसम्म ६५ जना पुरुष र ८७ जना महिलाको उद्धार गरेको २८ जनाको पारिवारिक पुर्नमिलन गराएको ६१ जनाले स्वेच्छाले आश्रम छाडेको जनाईको छ । हालम ५५ जनाले आश्रममा आश्रित रहेकोमा ३१ जनाले नियमित मासिक रोगको औषधी सेवन गर्ने गरेको र ३ जनाले सुगर प्रेसरको औषधी प्रयोग गर्ने गरेको आश्रमले जनाएको छ ।

May be an image of 7 people and text

May be an image of 1 person and text

May be an image of 2 people and text

प्रतिक्रिया दिनुहोस्