१९ बैशाख २०८१, बुधबार

 

मालिका सेवा समाज बागलुङद्वारा शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन

बागलुङ । मालिका सेवा समाज बागलुङको आयोजनामा नयाँ वर्ष २०८१को शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ।

समाजले मालिकाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु समावेश गरि प्रकाशन गरेको क्यालेण्डर नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम गरि विमोचन गरिएको हो । अवसरमा बोल्दै गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य इन्द्रलाल सापकोटाले नयाँ वर्षमा आफूमा भएका खराव पक्ष छोडेर नयाँ संकल्प गर्न सके जिवन उल्लासमय बन्ने बताउनु भयो ।

पछिल्ला समय नेपालीहरुले आफ्ना असल संस्कार सस्कृति र रितिरिवाज भुल्दै गएको भन्दै सस्कार संस्कृति भुल्न नहुने बताउनु भयो । मालिका सेवा समाजका संरक्षक समेत रहेका सापकोटाले समाजले मालिकामा सामाजिक एकताको सन्देश दिएको भन्दै आफै न बदलिय समाज बदलिन नसक्ने धारण राख्नु भयो ।

कार्यक्रममा बागलुङ नगरपालिका-४ का वडा अध्यक्ष कुमार विक्रम क्षत्री, ५ का अध्यक्ष हरि प्रसाद शर्मा, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्य,बागलुङ नगरपालिका-५ का निवर्तमान वडा अध्यक्ष शिव प्रसाद सापकोटा समाजका सल्लाहकार फूल प्रसाद सापकोट, सुनाखरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर केसी बद्री लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा जिल्ला क्रिकेट संघ बागलुङलाई १० हजार नगद सहयोग समेत हस्तान्त्रण गरिएको थियो । मालिका सेवा समाजका अध्यक्ष जिवननाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सन्तोष कुँवर र संचालन सचिव खडानन्द सापकोटाले गर्नु भएको थियो ।

बागलुङ नगरपालिका ५ मालिकाका प्रत्यक घर घरमा पु¥याउने उद्देश्यले क्यालेण्डर प्रकाशन गरिएको समाजका अध्यक्ष जिवननाथ शर्माले बताउनु भयो ।

 

 

प्रतिक्रिया दिनुहोस्