१८ कार्तिक २०८३, मंगलवार

 

महिला हित सहकारीद्वारा जनचेतना प्राविलाई शैक्षिक सामग्री वितरण

बागलुङ । महिला हित बचत तथा ऋण सहकारी संस्थाले बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित जनचेतना प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

सहकारीकी अध्यक्ष लीलादेवी खड्काले विद्यालयका प्रधानाध्यापक खेमराज ढकाललाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । सहकारीले विद्यालयका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा सहकारीका सञ्चालक समितिका उपाध्यक्ष विद्या खड्का, सचिव पम्फा किसान, कोषाध्यक्ष विष्णु खत्री, सदस्य लक्ष्मी किसान, शिक्षा उपसमितिका संयोजक राधा शर्मा, निमित्त व्यवस्थापक निशा कुँवर र लेखापाल सुष्मा मल्लको उपस्थिति रहेको थियो ।

त्यस्तै, बागलुङ नगरपालिका–१२ का वडा सदस्य महानन्द शर्मा, जनचेतना प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर पौडेल र व्यवस्थापन समितिका सदस्य एकराज पौडेल पनि कार्यक्रममा सहभागी हुनुभएको थियो ।

सहकारीले यसअघि कालिका कन्या माध्यमिक विद्यालय, रुद्रेपिपल माध्यमिक विद्यालय, मुक्तिनाथ वेद विद्याश्रम, श्रमिक प्राथमिक विद्यालय, जयनारायण कौशल्या संस्कृत कन्या गुरुकुलम र गणेश प्राथमिक विद्यालयलाई पनि शैक्षिक सामग्री वितरण गरिसकेको छ ।

सहकारीले विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung