२३ बैशाख २०८१, आईतवार

 

बागलुङमा पनि मनाइयो पत्रकार महासंघको ६९ औँ स्थापना दिवस

बागलुङ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको ६९ औँ स्थापना दिवस बागलुङमा मनाएको छ । दिवसको अवसरमा महासंघले कार्यालय परिसरमा दिप प्रज्वलन गरि मनाएको हो ।

दिप प्रज्वलन कार्यक्रममा महासंघका प्रदेश सदस्य रञ्जिता शर्मा, तारा प्रसाद शर्मा लगाएत महासंघका पदाधिकारी सदस्य तथा जिल्लामा क्रियाशिल पत्रकार सहभागी भएका थिए । नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानाले पत्रकारको हक हित र महासंघको संस्थागत विकासमा सबै जना लाग्न पर्ने बताउनु भयो ।

नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि विसं २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो ।

विसं २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो । त्यसैले नेपाल पत्रकार महासंघले चैत १६ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्