१ जेष्ठ २०८२, बिहीबार

 

चैत्राष्टमी कप फुटबल हुने

हरि शर्मा  बागलङ,चैत्र ६— कला, संस्कृति, स्थानिय उत्पादन र खेलकुदको प्रदर्शनीका रुपमा परिचित बागलुङको चैत्राष्टमी मेलामा यस बर्ष फुटबल प्रतियोगिता पनि समावेश गरिएको छ । जिल्लामा युवाहरुको फुटबल खेल प्रतिको आकर्षणलाई ध्यानमा राखेर चैत्राष्टकी मेला ब्यवस्थापन समितिले अन्तर कलेज चैत्राष्टमी कप फुटबल प्रतियोगिता संचालन गर्न लागेको हो ।
धौलागिरी अंचल भित्रका उच्च मा।वि तथा क्याम्पसहरुले उक्त प्रतियोगितामा समावेश हुन पाउने छन । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ४० हजार, दोस्रो हुने टिमलाई २० हजार सहित ट्फी, पदक र प्रमाण पत्र प्रदान गरिने छ । साथै उत्कृष्ठ खेल प्रदर्शन गर्ने विविध ८ विधाका खेलाडीहरुलाई समेत पुरस्कार दिइने भएको छ । चैते दशैको पहिलो दिन चैत्र १६ गते बाड्डेचौर मैदानमा प्रतियोगिता प्रारम्भ हुने छ । प्रतियोगिता १८ गतेसम्म चल्ने छ ।
बागलुङमा फुटबलका पारखीहरुको संख्या उल्लेख्य भए पनि प्रतियोगिताहरु नियमित नहुदा खेलाडीहरुले आफुमा भएको प्रतिभा र क्षमता उपयुक्त समयमा प्रदर्शन गर्न सकिरहेका छैनन । चैत्राष्टमी मेला कला र क्षमता प्रदर्शन गर्ने उपयुक्त अवसर भएकाले कलाकारहरुका साथै खेलाडीहरुलाई पनि प्रोत्साहन गर्न फुटबल प्रतियोगिता समाबेश गरिएको मेलाका मुल संयोजक राजु खड्काले बताए । मेलामा फुटबल ब्यवस्थापनका लागी यूचर स्पोर्टस र बागलुङ खेलकुद क्लबसंग सहकार्य गरिएको र आगामी बर्ष देखि संस्थागत रुपमा प्रतियोगिता संचालन गर्ने तयारी भै रहेको खड्काले बताए ।
यूचर स्पोर्टस क्लब तथा बागलुङ खेलकुद क्लबको संयुक्त ब्यवस्थापनमा उक्त प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिता संचालनका लागी कूल ५ लाख १५ हजार रुपैयां खर्च हुने यूचर स्पोर्टस क्लबका संयोजक फणिन्द्र खड्काले बताए । प्रतियोगितामा अन्चल भित्रका करिब १२–१५ टिमको सहभागीता रहने छ । प्रतियोगितामा सहभागि हुन चाहने कलेजले चैत्र १५ गतेसम्ममा खेलाडीहरुको नामावली सहित टिम दर्ता गरिसक्नु पर्ने बागलुङ फुटबल क्लबका अध्यक्ष प्रकाश शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung