२ जेष्ठ २०८१, बुधबार

 

अर्जेन्टिनाले चिलीलाई हरायाे

अर्जेन्टिनाले चिलीमाथि  १-० जित हासिल गरेको छ । कप्तान लियोनल मेसीको पेनाल्टी गोलले अर्जेन्टिनाको रुषमा हुने विश्वकप खेल्ने संम्भावना बढेर गएको छ । चिलीका रक्षक होसे फुन्जालिडाले एन्जेल डी मारियालाई फाउल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर प्राप्त गरेको हो । दक्षिण अमेरिकी प्रतियोगितामा यो जित संगै अर्जेन्टिनाले १३ खेलबाट २२ अंक जोडेर तेस्रो स्थानमा उक्लिन सफल भएको छ । हारपछि दक्षिणी अमेरिकी च्यापियन चिलीको रुष यात्रा कमजोर बनेको छ । १३ खेलमा २० अंक जोडेको चिली दक्षिणी अमेरिकी छनौट प्रतियोगितामा छैठौं स्थानमा झरेको छ । चिलीलाई हराएपछि अर्जेन्टिनाका प्रशिक्षक एडगार्डो बौजाले भने चिली जस्तो बलियो टोलिलाई हराउनु महत्त्वपूर्ण हो । हामीले उत्कृष्ट फुटबल खेल्यौ ।

प्रतिक्रिया दिनुहोस्