२९ बैशाख २०८१, शनिबार

 

वाइसीएल नेपाल मल्मको वडा भेला सम्पन्न

नेकपा माओवादी केन्द्र निकट वाईसिएल नेपालको वडा भेला गलकोट नगरपालिका ७ मल्ममा आज सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन प्रतिनिधि डिल बहादुर परियार निरन्तरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वाईसिएल गलकोट नगरपालिकाका अध्यक्ष धुव्र चोखाल, नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीका सदस्य विष्णु खत्री र प्रेस सेन्टर नेपाल गलकोट नगरपालिकाका अध्यक्ष थम्मन थापा सन्देशले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भेलाले रुद्र केसीको अध्यक्षतामा ५५ सदस्यीय वाई सिय एल वडा समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा प्रदिप केसी र भूमिराज थापा, सचिवमा विष्णु भित्रीकोटी र कोषाध्यक्षमा टंक भित्रीकोटी रहनुभएको छ । भेलाले जनहित माध्यमिक विद्यालय मल्ममा अध्यनरत विद्यार्थीहरुलाई सरसफाईमा टेवा पुराउने उद्येश्यले निशुल्क  वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै गलकोट नगरपालिका वडा नं ७ मा सभ्य समाज निर्माण गर्ने उद्येश्यले मदिराजन्य वस्तु विक्री वितरण तथा सेवनको समय निर्धारण गरेको छ ।

जस अन्तरगत भोली देखि लागु हुने गरि वडा भित्र मदिरा विक्री वितरण तथा सेवनको समय बेलुका ५ बजे देखि ८ बजेसम्म तोकिएको छ । नियमको उल्लङघन गरेमा पहिलो पटक सम्झाउने, दोस्रो पटक नगद रु ५००र जरिवाना र तेस्रो पटक सम्वन्धित पक्षलाई प्रहरी कार्यालयमा जिम्मा लगाउने निर्णय गरेको छ । साथै मदिरा बेचविखन तथा सेवनलाई व्यवस्थित गर्नको लागि भूमिराज थापाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा सुजन मरासिनी, प्रकाश परियार, दिनेश थापा, विष्णु थापा, प्रदिप केसी र सन्त बहादुर थापा रहनुभएको छ । भेला अथक भित्रीकोटीको अध्यक्षता र रुद्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्